२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति सीको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा हुँदै, एक सिफ्टमा १५ हजार सुरक्षाकर्मी



अ+ अ-

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथीको कमान्डमा भएको छ । प्रधानसेनापतिपछि दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको हो । सीको भ्रमण अवधिभर सुरक्षाको नेतृत्व उनैले सम्हाल्नेछन् ।

दिनमा तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन गरिएकोमा एक सिफ्टमा १५ हजार खटाइएको छ । प्रत्येक सिफ्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गुप्तचर संयुक्त रूपमा परिचालन भएका छन् । सेनाका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा खटाइएको छ । चौथो घेरामा सेना, नेपाल प्रहरी र सशस्त्रका गुप्तचर पनि खटिएका छन् ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि– २०७० अनुसार सुरक्षाकर्मी परिचालन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । ‘चिनियाँ राष्ट्रपतिको भ्रमण अवधिभरको सुरक्षा जिम्मा सेनाको हो । विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधिअनुसार नै सुरक्षाको प्रबन्ध गरिएको छ । जसमा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । सुरक्षा प्रबन्ध निक्कै चुस्त पारिएको छ,’ उनले भने ।

सेनाका अनुसार राष्ट्रपति सीको वासस्थान सोल्टी होटेल, भेटघाट स्थल र भ्रमण रुट क्षेत्रको सुरक्षा प्रबन्धलाई विशेष रूपमा कडा पारिएको छ । होटेल र भेटघाट स्थलको सुरक्षा जिम्मा सेनाले नै लिएको छ । रुट आसपासका सडक, ओभर हेड ब्रिज, अग्ला भवन, पुललगायतको सुरक्षा जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ । त्यसबाहेक भ्रमण अवधिभर भ्रमण रुटको सुरक्षाका लागि सेनाकै हेलिकोप्टरबाट गस्ती पनि गरिएको छ ।

‘भिभिआइपी सुरक्षा कार्यविधिअनुसार सुरक्षाको क्षेत्र बाँडफाँड भएको छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन भएको छ । विशेष सीको वासस्थान, इभेन्ट हुने ठाउँ र भ्रमणको रुटमा सुरक्षा व्यवस्था कडा पारिएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

भ्रमण रुटमा ‘ज्यामर’ प्रयोग
सुरक्षा संवेदनशीलताका कारण सीको भ्रमण रुटआसपास टेलिफोन र मोबाइल सिग्नल जाम गर्ने ‘ज्यामर मेसिन’ प्रयोग गरिएको छ । भ्रमण अवधिभर भ्रमण रुटबाट कम्तीमा सय मिटर क्षेत्रमा टेलिफोन तथा मोबाइल सिग्नल अवरुद्ध गर्नेछ । ज्यामर मेसिन नेपालकै प्रयोग गरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा ज्यामर मेसिन भारतबाटै ल्याइएको थियो ।

सीलाई रात्रिभोज: लुक्लाको सिमी र साँधेको भटमासदेखि इलामको चिया र गुल्मीको कफीसम्म
चिनियाँ समकक्षी सी जिनपिङको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित रात्रिभोजमा विभिन्न मौलिक परिकारले सत्कार गरिएको छ । सुरुवाती खानाका रूपमा बारा, मःम, लुक्लाको सिमी र साँधेको भटमास राखिएको थियो । त्यस्तै, कुरिलो र क्वाँटीको सुप पनि व्यवस्था गरिएको थियो ।

मुख्य मेनुमा भने डबल रोस्ट्रेड ल्याम्ब चप, नर्वेजियन सलमोन, प्यान फ्राइड नुडल्सलगायत चिनियाँ र युरोपियन परिकार राखिएको थियो । खानापछि इलामको चिया र गुल्मीको कफी व्यवस्था गरिएको थियो । नयाँ पत्रिका दैनिकबाट