२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ वर्षपछिको चीनको नेपाल भ्रमण: रेलमार्गदेखि सडकमार्गसम्म उपयोग गर्ने प्रयासमा नेपाल



अ+ अ-

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङकोे नेपालको दुईदिने राजकीय भ्रमणलाई नेपाली पक्ष भौतिक पूर्वाधार र विकास निर्माणमा सदुपयोग गर्ने प्रयासमा छ ।२३ वर्षपछि भएको चीनको उच्चस्तरीय भ्रमणलाई नेपाल रेलमार्गदेखि सडकमार्गसम्म उपयोग गर्ने प्रयासमा छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति सी शनिबार साँझ काठमाडौं ओर्लिएका छन् ।

चिनियाँ राष्ट्रपतिको यो भ्रमण विगत २३ वर्षपछि भएको हो । यसअघि सन् १९९६ मा चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको राजकीय भ्रमण गरेका थिए ।सीको भ्रमणमा नेपालले थुप्रै भौतिक पूर्वाधार तथा विकास निर्माणसँग सम्बन्धित परियोजनालाई अघि सार्ने तयारी गरेको छ ।नेपालले केही समययता निकै चर्चा र आशाको शिखरमा रहेको केरुङ–काठमाडौं रेल्वेको लगानी ढाँचाबारे छलफलको तयारी गरेको छ ।

चीनले सिगात्सेबाट केरुङसम्म रेलमार्ग बनाउने लक्ष्य लिएकोमा नेपालले सो रेलमार्गलाई केरुङ–काठमाडौं हुँदै पोखरासम्म जोड्न गरेको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक देखिएको छ ।
रेलमार्ग निर्माणको मोडालिटीको विषयमा आइतबार (आज) चिनियाँ पक्ष र नेपाल पक्षबीच छलफल भएपछि मात्र सम्झौता हुनेछ । नेपालले ८० प्रतिशतसम्म अनुदानमा रेलमार्ग निर्माणका लागि प्रस्ताव गर्ने तयारी गरेको छ ।

सी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच हुने वार्तामा रेलमार्गबारे छलफल हुनेछ । चीनको नेसनल रेल्वे अथोरिटीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई गत मंसिरमा बुझाएको थियो । गत १५–१६ चैतमा सम्पन्न लगानी सम्मेलनमा सहभागी चिनियाँ अधिकारीले रेल मार्गबारे उच्चस्तरको सहमति जरुरी रहेको बताएको थियो । चीन सरकारले लाओस, भियतनामलगायतका देशमा सञ्चालित परियोजनामा ७० प्रतिशतसम्म अनुदान दिएको छ । सोही आयोजनालाई आधार मानेर नेपाली पक्षले रेलमार्ग निर्माणमा ठूलो अनुदानको अपेक्षा राखेको छ ।

चीनको बीआरआई परियोजनामा समेत रेलमार्गलाई समावेश गरेको छ । दुई देशबीच हुने सहमतिबारे विस्तृत रूपमा सरकारी अधिकारीले नखुलाए पनि रेलमार्ग निर्माणमा केन्द्रित भई अन्य विषय समेत समेटेर सम्झौता गर्ने तयारीमा नेपाल छ । भ्रमणका क्रममा गल्छी–रसुवागढी–केरुङ ४०० केभी अन्तरदेशीय विद्युत् प्रसारण लाइनमा सम्झौता गर्ने तयारी छ । नेपाल पक्षले चीन–नेपाल जोड्ने किमाथांका, कोरला–पाल्पा र हिल्सा–सुर्खेत सडकसहित नाकाको विकास, केरुङ–काठमाडौं जोड्न छहरे–टोखा सुरुङ मार्गबारे पनि प्रस्ताव गर्ने तयारी गरेको छ ।

यस्तै, अरनिको राजमार्गको स्तरोन्नति, जलविद्युत् विकास र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि आर्थिक सहयोगको प्रस्ताव अघि सार्दै छ ।हाल चीनको सहयोगमा टिमुरेको सुक्खा बन्दरगाह, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माणको काम भइरहेको छ । बूढीगण्डकी जलविद्युत् आयोजनाको काम सुरु बाँकी छ भने कलंकी–महाराजगन्ज चक्रपथ विस्तारअन्तर्गत डिजाइनको काम भइरहेको छ ।

यसअघि चीनले कोटेश्वर–कलंकी चक्रपथ विस्तार गरेर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ । त्यसअन्तर्गत कलंकी अन्डरपास निर्माण भएको थियो भने हाल कलंकीमा जाम हटेको छ । यस्तै, चीनको सहयोगमा दरबार हाइस्कुल, वसन्तपुर दरबार, नुवाकोट दरबार, दशरथ रंगशाला निर्माणको काम धमाधम भइरहेको छ । राजधानी दैनिकबाट