२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज असोज २६ गते पुर्णिमा, यस्ता छन् आजको राशिफलहरुको दिन जान्नुहोस् ।



अ+ अ-

वि.सं. २०७६ असोज २६। आइतबार। इ.स. २०१९ अक्टोबर १३। ने.सं. ११३९ कौलाथ्व। आश्विन शुक्लपक्ष। पूर्णिमा, २५ः५८ उप्रान्त प्रतिपदा।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ): समयमा होसियार बन्न नसक्दा खर्च बढ्ने देखिन्छ। परिवारजनबाट टाढिनुपर्ला। श्रमअनुसार फाइदा कमै होला। ठूलो प्रयत्न गर्दा सामान्य उपलब्धि उठाउन सकिनेछ। लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ। सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदै हुनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। यात्राको साइत पनि जुर्न सक्छ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो ): :पछिका लागि केही वस्तु त्याग्नुपर्ला। लाभको अवसर मिले पनि तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ। प्रयत्न गर्दा पछि फाइदा हुने काम प्रारम्भ हुनेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह ): पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। तापनि संघर्षपछि लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनुका साथै फाइदा दिलाउनेछ। विशिष्ट व्यक्तिहरू सहयोगीका रूपमा उपस्थित हुनेछन्। विशेष योजना बन्नेछन्। समुदायको हक हित हुने काम सम्पादन गर्न सकिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ): मेहनत गर्दा राम्रै फाइदा हुनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले दिगो लाभ उठाउन सकिनेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ): प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। आम्दानी रोकिनाले योजना स्थगन हुन सक्छ। काम बिग्रने भयले सताउनेछ। तापनि प्रयत्न गर्दा चुनौतीहरू पन्छाउन सफल भइनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएका काम सम्पादन गर्न सकिनेछ। अर्थ अभावले सताए पनि समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। स्वास्थ्य भने कमजोर रहनेछ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो ): विभिन्न सहयोग तथा उपहार प्राप्त हुने समय छ। आयआर्जन पनि मनग्य हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चापबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा मन रमाउनेछ। रमाइलो यात्रा हुनुका साथै अतिथिका रूपमा मानसम्मान प्राप्त हुनेछ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते ): स्रोतसाधन जुटाउन केही खर्च र दौडधुप गर्नुपर्ला। पछिका लागि लगानी गर्नुपर्ने समय छ। खर्च लागे पनि दिन उत्साहजनक रहनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा दिगो फाइदा हुने काम सुरु हुन सक्छ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ): आँटेको काम बन्नेछ भने मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। अध्ययनको लगावले विशेष अवसर दिलाउन सक्छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित व्यक्तिहरू नजिकिनेछन् भने नयाँ काम प्रारम्भ हुनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट सामान्य लाभ मिल्नेछ। पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ। सहयोगीहरूले पनि साथ दिनेछन्।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे ): केही अवसर प्राप्त भए पनि ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। काममा विभिन्न उल्झन आउनाले पछि परिनेछ। साझेदारीमा आन्तरिक प्रतिस्पर्धा बढ्न सक्छ। अप्ठ्यारो पर्दा मान्यजन तथा अग्रजहरूले साथ दिनेछन्। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले साथ दिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने आस मारेको नतिजा सकारात्मक हुनेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि ): आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। तर सहयोगीहरूको साथ जुट्नाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। केही उपहार प्राप्त हुनेछन्।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द ): मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि ): प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। नेपाली पात्रो