१९ असार २०८३, शुक्रबार
,
Latest
गोली हानेर लागुऔषध कारोबारी पक्राउ सुदूरपश्चिम स्पोर्टस् अवार्डः क्रिकेटका दीपेन्द्र र कबड्डीका मानमतीलाई नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजा सम्पन्न, केबलकार दुई महिनाभित्रै सञ्चालनमा आउने जनताको आकांक्षा पूरा हुनेगरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा, भेरी करिडोर अझै अवरुद्ध प्रमुख निर्वाचन आयुक्तमा कार्की सिफारिस प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सिफारिस कतारबाट फर्केर महको मिठास फैलाउँदै लोकबहादुर राई ७ विश्वविद्यालयका उपकुलपति नियुक्त, कुन विश्वविद्यालयमा को ? उखु किसानको सबै भुक्तानी असार मसान्तभित्रै हुन्छः कृषिमन्त्री चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुर्तीजन्य पदार्थसहित विमानस्थलबाट एक जना पक्राउ



अ+ अ-

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सुर्तीजन्य पदार्थसहित एक जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कतार एयरवेजको उडान नम्बर क्युआर ६४७ द्वारा काठमाडौँबाट दोहा हुँदै पाकिस्तान जान लागेका राहदानी नम्बर बिइ ०१५३५५५ वाहक पाकिस्तानी नागरिक ६३ वर्षीय शाहिद महमुद रहेका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिनुभयो ।

उहाँका अनुसार निज महमुदले लिई आएको लगेजहरुलाई यस त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अन्तरराष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा निजको लगेजहरुबाट उक्त सामग्री फेला परेको हो ।

निजको साथबाट रजनीगन्धा रु एक लाख २० हजार, पान पराग रु २२ हजार ७५०, कथा नामक डब्बा रु २८ हजार ३५० र १०० एमटिएस  लेखिएको पोका तौल २५ केजीको रु ३० हजार गरी कूल जम्मा रकम दुई लाख एक हजार १०० बराबरको सुर्तीजन्य पदार्थहरु तथा अन्य सामग्री लुकाइछिपाइ बाह्य मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

निजलाई आवश्यक कानुनी कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रवक्ता सिलवालले बताउनुभयो ।
रासस