१० असार २०८३, बुधबार
,
Latest
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

२३ लाख मानिसले उपत्यका छोडे



अ+ अ-

काठमाडौं । दसैँ मनाउन काठमाडौँबाट मानिसहरु आआफ्ना घर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । मानिसहरुको चहलपहल न्यून बन्दै गएको छ भने सवारी साधनसमेत पातलिएका छन् ।

उपत्यकाका अघिपछि सवारी जाम हुने विभिन्न चोकहरुमा आज रोकिनु नपरेको महानगरीय ट्राफिक प्रहरी महशाखाले जनाएको छ । सीमित मात्रामा भाडाका र निजी गाडी तथा मोटरसाइकल चलेका छन् ।

गत असोज ५ गतेदेखि सप्तमीका दिनसम्म उपत्यकाबाट २ लाख ६१ हजार ६ सय २८ सवारीसाधन बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। त्यस्तै यो अवधिमा उपत्यकाबाट २३ लाख ८४ हजार ९३१ जना मानिस बाहिरिएको प्रहरीको तथ्याङकले देखाएको छ।