२४ असार २०८३, बुधबार
,
Latest
महिला तथा सामाजिक सुरक्षा मन्त्रालयमा ह्वीलचेयर सेवा सुरु मुलुकभर स्वच्छ खानेपानी आपूर्ति गर्ने कार्ययोजना १५ दिनभित्र पेश गर्न संसदीय समितिको निर्देशन प्रधानमन्त्रीको राष्ट्रघाती अभिव्यक्तिले सीमा क्षेत्रका नागरिक सीमापारीको चर्को दबाब र मानसिक त्रास खेप्न बाध्य छन्ः… प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित विपक्षी दलद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध, बैठक सुरु हुनासाथ विरोध प्रतिनिधिसभा बैठक सुरु हुँदै, यस्तो छ आजको कार्यसूची कास्कीमा ‘मनसुन प्रतिकार्य योजना’ कार्यान्वयनमा केही स्थानमा आकस्मिक बाढीको जोखिम लगानी र अर्थतन्त्रका विषयमा प्रधानमन्त्री शाहले आज उद्योगी–व्यवसायीसँग छलफल गर्ने छोटो तर सन्देशमुखी मौद्रिक नीति, बजेट नै अर्थतन्त्रको मुख्य औजार भन्ने सङ्केत : पूर्वगभर्नर चिरञ्जीवी…
तपाईं के खोज्दै हुनुहुन्छ ?

वागमती प्रदेश सरकारद्वारा सिमान्तीकृत र विपन्न ७ जना विद्यार्थीलाई प्राविधिक छात्रवृत्ति प्रदान



अ+ अ-

काठमाडाैँ । वागमती प्रदेश सरकारको प्राविधिक उच्च शिक्षा छात्रवृत्तितर्फ छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

सिमान्तीकृत तथा विपन्न परिवारका ७ जना विद्यार्थीलाई प्राविधिक उच्च शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरेको ‘शैक्षिक छात्रवृत्ति कार्यक्रम’ अन्तर्गत पहिलो चरणमा छनोट भएका ७ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो । मंगलवार ललितपुरमा एक कार्यक्रम आयोजना गरी प्रदेश सरकारले मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको उपस्थितिमा प्राविधिक उच्च शिक्षा छात्रवृत्ति वितरण समेत गरेको छ ।

मुख्यमन्त्री बानियाँको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको घोषणा बमोजिम सामाजिक विकास मन्त्रालयले ‘शैक्षिक छात्रवृत्ति निर्देशिका, २०८३’ जारी गरी यो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । निर्देशिकाअनुसार सामुदायिक माध्यमिक विद्यालयबाट एसईई उत्तिर्ण गरेका, वागमती प्रदेशका स्थायी बासिन्दा तथा सम्बन्धित निकायबाट विपन्न वा सिमान्तीकृत समुदायका रूपमा सिफारिस भएका विद्यार्थी छात्रवृत्ति कार्यक्रमका लागि योग्य ठहरिएका छन्  । गत जेठ २७ गते गोरखापत्रमा प्रकाशित सूचनाका आधारमा आवेदन दिएका विद्यार्थीमध्ये योग्यताक्रम र निर्देशिकाको मापदण्डका आधारमा छनोट गरिएको हो ।

सातवटा प्राविधिक विधामा आवेदन आह्वान गरिएकोमा चारवटा विधामा ७ जना विद्यार्थी छनोट भएका थिए । छनोट हुनेमा मेडिकल डाक्टर श्रीराम भट्ट (बेलकोटगढी–१०, नुवाकोट) का हुनुहुन्छ । उहाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडामा अध्ययन गर्नुहुनेछ । सिभिल इन्जिनियरिङ मातृका चेपाङ (कालिका नगरपालिका १०, चितवन) र अर्शिम श्रेष्ठ (नमोबुद्ध नगरपालिका ९, काभ्रेपलाचोक) हुनुहुन्छ । उहाँहरूले क्रमशः नेपाल पोलिटेक्निक इन्स्टिच्युट र ख्वप इन्जिनियरिङ कलेजमा अध्ययन गर्नुहुनेछ ।

भेटेरिनरी डाक्टरमा ललिता तामाङ (शिवपुरी गाउँपालिका ४, नुवकोट) र  विशाल तामाङ (रोशी, काभ्रेपलाञ्चोक) हुनुहुन्छ । उहाँहरुले क्रमशः हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एण्ड टेक्नोलोजि, कीर्तिपुरमा अध्ययन गर्नुहुनेछ । त्यस्तै कृषि (बिएसए, एजि) मा उत्सव प्रधान (थाहा नगरपालिका १ मकवानपुर) र निरुता योगी (तामाकोशी गाउँपालिका ४, दोलखा) की हुनुहुन्छ । उहाँहरुले क्रमशः हेटौँडा जनप्रिय क्याम्पस मकवानपुर  र स्कुल अफ एग्रिकल्चर, टिकापुर कैलीलमा अध्ययन गर्नुहुनेछ । आयुर्वेद डाक्टर (बिएएमएस) दुई जना, सूचना प्रविधि इन्जिनियरिङ (बिइआइटी) दुई जना र स्टाफ नर्स तीन वर्षे १० जनामा कुनै दरखास्त नभएको निर्देशनालयले जनाएको छ ।

छात्रवृत्ति व्यवस्थापनका लागि महानिर्देशकको संयोजकत्वमा एक छनोट समिति गठन गरिएको थियो । छनोट भएका विद्यार्थीको शिक्षण शुल्क सरकारले सोझै सम्बन्धित शिक्षण संस्थाको बैंक खातामा पठाउने व्यवस्था मिलाइएको छ । स्नातक तहका लागि प्रदान गरिने उक्त छात्रवृत्ति रकम ३५, ४० र २५ प्रतिशत गरी तीन किस्तामा भुक्तानी गरिनेछ । यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको सेवाकालीन शर्त हो । छात्रवृत्तिमा अध्ययन पूरा गरेपछि विद्यार्थीले अनिवार्य रूपमा वागमती प्रदेशभित्रका सार्वजनिक सेवाका क्षेत्रमा कम्तीमा एक वर्ष र बढीमा दुई वर्ष स्वयंसेवकका रूपमा सेवा गर्नुपर्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले संघीय नीतिले नसमेटेका सीमान्तकृत, गरिव र विपन्न परिवारका विद्यार्थीको लागि छात्रवृत्तिको कार्यक्रम विस्तार गरेको बताउनुभयो । उहाँले संघीय सरकारले निर्धारण गरेको छात्रवृत्ति नीतिले छुन नसकेका विद्यार्थीलाई प्रदेश सरकारले आफ्नै नीतिमार्फत समेट्ने प्रयास गरेको समेत बताउनुभयो । उहाँले आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुनुपर्ने वा ऋण गरेर अध्ययन गर्नुपर्ने अवस्थाको अन्त्य गर्न प्रदेश सरकार लागिपरेको समेत बताउनुभयो । उहाँले आर्थिक रूपमा कमजोर तर अध्ययनप्रति इच्छाशक्ति भएका विद्यार्थीलाई पढाइ नरोकिने वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रदेश सरकारले यस कार्यक्रमलाई केवल आर्थिक सहायता मात्र नभई दीर्घकालीन मानव पुँजी विकासको योजनाका रूपमा लिएको उहाँले बताउनु भयो । यस पहलबाट आर्थिक अभावका कारण प्राविधिक शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य हुने र प्रदेशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्ने विश्वास व्यक्त मुख्यमन्त्री बानियाँको छ ।