१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान दुर्घटना पाँचको मृत्यु



अ+ अ-

किभ । यूक्रेनमा आठ यात्रुसहित उडेको सामान ढुवानीका लागि प्रयोग हुने एक विमान अवतरणका क्रममा शुक्रबार दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।

द एन्टोनोभ–१२ एलभिभ विमानस्थलबाट करिब डेड किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको थियो । विमान दुर्घटनास्थलबाट तीन जनालई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि अस्पतालमा पठाइएको छ । यूक्रेनी आपतकालिन सेवा सम्वद्ध अधिकारीले चालक दलका सदस्यहरूमध्ये तीन जनाको मृत्यु भएको र दुईको अवस्था अज्ञात रहेको बताएका छन् ।

“घटनामा पाँच जनाको मृत्यु भएको छ भने तीन जनालाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि पठाइएको छ,” यूक्रेनी पूर्वाधार मन्त्री भ्लादिस्लाभ क्रिक्लीले आफ्नो फेसबुक पेजमा उल्लेख गर्नुभएको छ । उक्त विमान किभस्थित यूक्रेनी कम्पनी यूक्रेन एअर अलाएन्सद्वारा सञ्चालन गरिँदै आएको र स्पेनको भिगो विमानस्थलबाट यूक्रेनका लागि उडेको थियो । प्रारभ्भिक भनाइहरूमा विमान इन्धन खाली भएपछि दुर्घटना भएको उल्लेख छ ।

यूक्रेनी आपतकालिन सेवा विभागले विमानको एउटा पखेटा जमिनमा धसिएको फोटो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।