२५ असार २०८३, बिहीबार
,
Latest
नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी संसद्मा महान्यायाधिवक्ता र अख्तियारको वार्षिक प्रतिवेदन पेस प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस राष्ट्रियसभाबाट आर्थिक विधेयक पारित नेकपाका ६ नेता एमालेमा प्रवेश राहदानी विभागअगाडि एक व्यक्तिको आत्मदाह प्रयास, उपचारका लागि अस्पताल भर्ना कारागार तथा हिरासतमा कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन गर्न गठित संसदीय उपसमितिको कार्यअवधि १५ दिन…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक महिनामा ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू स्वदेश फिर्ता



अ+ अ-

काठमाडाैँ । गत जुन महिनामा करीव ७६ हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट आफ्नो मातृभूमिमा फर्केको जनाइएको छ । अफगान सरकारका उप प्रवक्ता हमदुल्ला फितरतले एक महिनामा ७६ हजार १८१ जना अफगान नागरिकहरु स्वदेश फर्केको बताउनुभएको छ ।

उहाँका अनुसार उनीहरुले अत्यावश्यक सामाग्री खाद्यान्न राशन, पिउने पानी, चिकित्सा सेवाहरू, प्राप्त गरी उनीहरूको आफ्नै गृह प्रान्तमा गइसकेका छन् ।

काबुलमा मङ्गलबार भएको उच्चस्तरीय बैठकमा प्रशासनिक मामिला तथा उपप्रधानमन्त्री मावलवी अब्दुल सलाम हनाफीले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) र संयुक्त राष्ट्रसंघीय शरणार्थी एजेन्सी (युएनएचसीआर) का वरिष्ठ अधिकारीहरू समक्ष सन् २०२१ अगस्ट पछि ८० लाख भन्दा बढी शरणार्थीहरू अफगानिस्तान फर्केको बताउनुभएको छ ।