२५ असार २०८३, बिहीबार
,
Latest
‘नेपाल विशेष सेवा ऐनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत रामराजा प्रसाद स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासका लागि ५० करोड विनियोजन, टेन्डर प्रक्रिया अघि बढ्यो करार सेवामा वैधानिक प्रक्रियाबाट मात्रै कर्मचारी राख्न सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन राष्ट्रियसभाबाट ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक’ पारित राष्ट्रियसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित उपराष्ट्रपति यादवसँग फ्रान्सेली राजदूतको शिष्टाचार भेट नेप्से परिसूचक १९ अङ्कले घट्यो आज मध्यरातदेखि स्थानीय तहले प्रयोग गर्दै आएको सूत्र प्रणाली बन्द हुने सार्वजनिक बिदामा पनि भुक्तानी प्रणाली सञ्चालन हुने आत्मदाह प्रयास गर्ने युवकको अवस्था गम्भीर, वीर अस्पतालको आईसीयूमा सार्ने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वन अधिकृत यादव घुससहित पक्राउ



अ+ अ-

काठमाडाैँ । सब डिभिजन वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाई घुस लिएको अभियोगमा पक्राउ गरिएको छ । उहाँलाई सेवाग्राहीसँग नगद रु १२ हजार घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।

विशेष सूचना तथा उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।

आयोगका अनुसार यादवले सिरहाको एक उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए÷नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस÷रिसवत माग गरेको भनी उजुरी परेको थियो ।

आयोगको उक्त टोलीले प्रमुख यादवको साथबाट स्रोत नखुलेको रु एक लाख ३३ हजार १२० पनि बरामद भएको जनाएको छ । टोलीले निज यादवलाई आज कर्जन्हा नगरपालिका– ४ स्थित मिर्चौयाबाट बन्दीपुर जाँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।