१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

नगरपालिका कार्यालयको खाता सञ्चालन नहुँदा वृद्धृवृद्धाले पाएनन् सामाजिक सुरक्षाभत्ता



अ+ अ-

दैलेख । नारायण नगरपालिका दैलेखको चरम लापरवाहीका कारण नारायण नगरपालिका–९ वृद्धवृद्धा एकल महिला ज्येष्ठ नागरिकले पाउनुपर्ने पहिलो चौमासिकको सामाजिक सुरक्षाभत्ता पाउन सकेका छैनन् । सङ्घीय सरकारबाट पठाउनुपर्ने सामाजिक सुरक्षाभत्ता पठाए पनि नारायण नगरपालिकाले गरेको लापरवाहीका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउन नसकेका हुन् ।

जिल्लामा रहेको एनएमबी बैंकमा खाता छ, साबिकको नगरपालिका वडा नं १ देखि वडा ९ सम्मको सामाजिक सुरक्षाभत्ता बैंकबाट वितरण गर्ने गरे पनि नगरपालिका कार्यकारी अधिकृतको सरुवा भएको कारण देखाउँदै नगरपालिकाले समयमै निकासा नदिएका कारण दुई हजारभन्दा बढीले सामाजिक सुरक्षाभत्ता पाउनबाट बञ्चित भएका छन् । नारायण नगरपालिका दैलेखका प्रमुख प्रशासकीय अधिकृत रेशम बुढाले नगरपालिका कार्यालयको खाता सञ्चालन गर्न समय लागेका कारण सामाजिक सुरक्षाभत्ता वितरण गर्न ढिलाइ भएको बताए ।

उनले खाता सञ्चालन हुनेबित्तिकै पहिला सामाजिक सुरक्षाभत्ता र शिक्षकहरुको तलब निकासा गरे पनि कोष तथा लेखा नियन्त्रण कार्यालयबाट चेक आउन ढिला भएका कारण समयमै समाजिक सुरक्षाभत्ता पठाउन नसकेको बताए । नारायण नगरपालिका दैखलेले असोज १३ गते मात्र एनएमबी बैंकलाई सामाजिक सुरक्षाभत्ता निकासाको चेक दिएको बैंकका जिल्ला प्रबन्धक निर्मला श्रेष्ठले बताए।

दशैँअगावै सामाजिक सुरक्षा वितरण गर्ने तयारीमा नगरपालिका रहे पनि विविध कारणले ढिला भएको नारायण नगरपालिका दैलेखका प्रमुख रत्नबहादुर खड्कालले बताए । उनले नारायण नगरपालिकाको वडा नं १ देखि ९ सम्मका ज्येष्ठ नागरिक, एकल महिला, बालबालिकाको एनएमबी बैंकबाट भत्ता विरतण गरेको र अन्य १० र ११ वडाका ज्येष्ठ नागरिक एकल महिला, बालबालिकाको भत्ता वडाका सचिवमार्फत वितरण गरेको बताए ।