२५ असार २०८३, बिहीबार
,
Latest
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर जंगली विषालु च्याउले बर्सेनि लिन्छ ज्यान, सचेतनाका लागि छैन छुट्टै कार्यक्रम औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत छानबिन प्रतिवेदन नआउँदासम्म बसपार्कको जग्गा दाबी गर्न मिल्दैनः पोखरा महानगरपालिका प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित कोशी प्रदेश सरकारको निर्णय सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन शैक्षिक परामर्श संस्थामा कडाइ, २५ लाख धरौटी र ‘डिजिटल’ कारोबार अनिवार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगानिस्तानमा पहिलो द्रुत डीएनए फोरेन्सिक प्रणाली सुरु



अ+ अ-

काबुल। अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले देशमा पहिलो पटक द्रुत डीएनए फोरेन्सिक पहिचान प्रणाली सञ्चालनमा ल्याएको छ।

मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ प्रणालीले आपराधिक अनुसन्धानमा सङ्दिग्धको छिटो तथा बढी सटीक पहिचान गर्न, निर्दोष व्यक्तिलाई अनुसन्धानबाट मुक्त गर्न तथा न्यायिक निकायलाई वैज्ञानिक प्रमाण उपलब्ध गराउन सहयोग गर्नेछ।

मन्त्रालयका अनुसार यस प्रणालीको सुरुआतसँगै अफगानिस्तानको फोरेन्सिक तथा प्राविधिक पूर्वाधार सुदृढ हुने अपेक्षा गरिएको छ।

यसले प्रमाण सङ्कलन र मुद्दा अनुसन्धानमा देखिएका कमजोरी न्यूनीकरण गर्न तथा अनुसन्धान प्रक्रियालाई थप प्रभावकारी बनाउन मद्दत पुग्ने जनाइएको छ।

नयाँ प्रणालीले अनुसन्धानमा रहेका मुद्दाको चाप घटाउनुका साथै आपराधिक न्याय प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्ने मन्त्रालयको विश्वास छ। (रासस/सिन्ह्वा)