१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत गराउने सञ्चारमन्त्री बाँस्कोटाको दाबी



अ+ अ-

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी तीन वर्षभित्र नेपाल विकासशील मुलुकमा सूचीकृत गराउने दाबी गरेका छन् । सत्तारुढ नेकपाको बनेपा नगरद्वारा चाडपर्वको अवसरमा बिहीबार आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले सरकारले विकासका कामलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे ।

‘हामीलाई गरिबी चुनौती बनेको छ, सरकारले यससँगै गरिबी निवारण गर्न रोजगारी सिर्जना, सीप, विकास, प्राविधिक शिक्षा तथा जीवनलाई सजिलो बनाउन सेवा क्षेत्रलाई प्रभावकारी बनाउने कार्यक्रम ल्याउँछ,’ उनले भने । बाँस्कोटाले सरकारको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अवधारणासँगै देशको १८ प्रतिशत गरिबीलाई क्रमैसँग घटाउँदै लगिने पनि दाबी गरे ।

मन्त्री बाँस्कोटाले सरकार सुन्दर नेपाल, सुखी, स्वाधीन, आत्मनिर्भर नेपाल बनाउने अभियानमा दत्तचित्त भएको भनाइ राखे । ‘हामी सकारात्मक आलोचना ग्रहण गरी जनतालाई एकाकार गर्दै मुलुक निर्माणको महाअभियानमा छौँ,’ उनले भने । समाजमा आर्थिक अवस्था कमजोर भएको वर्ग, अप्ठ्यारोमा परेको वर्गलाई माथि उठाई समान बनाउन सरकार लागिपरेको उल्लेख गर्दै उनले अहिले नेताको आफ्नो सफलता नभई जनताको आफ्नो पसिना, बुद्धि, विवेक र मूल्यको सफलता भएको उल्लेख गरे ।

वर्तमान विकास निर्माणको समय भएकाले समृद्ध नेपालतर्फ लम्किने जोकोही कतै अल्मलिन नहुने उनको भनाइ थियो । उनले भने, ‘काग कराउँदै गर्छ।।।, कसैले स्याल हुइँया मच्चाए पनि सरकारको अभियानमा रोकतोक हुन्न, तपाईंहरू ढुक्क हुनुहोस् ।’ सरकारको यो शिलान्यासको वर्ष र अर्को उद्घाटनको वर्ष भएको चर्चा गर्दै २२ वर्ष सत्ता चलाउनेको ‘रिजल्ट’ नचाहिने वर्तमान सरकारको एक वर्षमै रिजल्ट चाहियो भन्नु गलत हुने उनले जिकिर गरे ।

नेकपा न्यायपूर्ण सोचाइ, दृष्टिकोण, समतामूलक विकास गर्ने राजनीतिक इच्छाशक्ति भएको पार्टी भएको दाबी गरे । ‘व्यक्तिले गरेको गल्तीको भागिदार स्वयं व्यक्ति नै हुन्छ, पार्टी भनेको ठूलो महत्व बोकेको संवेदनशील संगठित संस्था हो,’ उनले भने । आर्थिक रूपान्तरण, मुलुक परिवर्तन, सुख–शान्ति र समाजवाद स्थापनाका लागि पार्टीले काम गर्ने उनले बताए ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीको प्रशंसा गर्दै उनी कुनै महाराजाको छोरा नभई स्वतन्त्रताका लागि लडेको, लामो जेलजीवन बिताएको व्यक्ति भएको चर्चा गरे । उनले भने, ‘उहाँ हली–किसानको छोरा हुनुहुन्छ, उहाँ जनताका सपना साकार पार्ने अभियानमै हुनुहुन्छ ।’ नयाँ पत्रिका दैनिकबाट