२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र खरिद ऐनविपरीत नै बनाइँदै



अ+ अ-

काठमाडौं । सरकारले गोदावरीमा निर्माण गर्न लागेको अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्रको निर्माण सार्वजनिक खरिद ऐनविपरीत हुन लागेको छ। झन्डै ८० करोडको लागतमा निर्माण हुन लागेको उक्त भवन बनाउन हालै बसेको मन्त्रिपरिषद्को बैठकले हतार–हतारमा निर्माण स्वीकृति दिएको थियो। उक्त ऐनविपरीत शहरी विकास मन्त्रालयले ७ दिने टेन्डर आह्वान गरी निर्माणको प्रक्रिया अगाडि बढाउन लागेको छ।

६ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने सर्तसहित खोलिएको टेन्डरमा केही ठूला फर्मले प्रतिस्पर्धाका लागि टेन्डर बिड गरेका छन्। सार्वजनिक खरिद ऐनअनुसार कम्तीमा एक महिनाको म्याद राखेर टेन्डर आह्वान गर्नुपर्नेमा सो भवन निर्माणका लागि ७ दिने टेन्डर, ५ दिनभित्र मूल्याङ्कन गरिसक्नुपर्ने गरी टेन्डर आह्वान गरिएको छ।

त्यति मात्र होइन ३ दिनको म्याद राखेर आशयपत्र निकाल्ने कामसमेत शहरी विकास तथा भवन निर्माण विभागले गरेको छ। आउँदो मार्चमा नेपालमा आयोजना हुने अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलन सोही भवनमा गर्ने उद्देश्यले सरकारले हतार–हतारमा उक्त भवन बनाउन लागेको बताइएको छ। यद्यपि यसबारे आयोजना प्रमुख प्रकिर्ण तुलाधरसँग सम्पर्क राख्दा उनले केही बताउन चाहेनन् । नेपाल समाचारपत्र दैनिकबाट