२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुख पद रिक्त: नेकपाले नै पुन पदमा हक जमाउन सक्ने



अ+ अ-

काठमाडौं । नेकपाले सभामुख पद नछोड्ने भएको छ। कृष्णबहादुर महराको राजीनामापछि रिक्त सभामुखमा आफ्नै पार्टीका सांसदलाई बनाउन नेकपाले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ। ‘सभामुख पद छोडने कुरै हुँदैन,’ नेकपाका सांसद रामनारायण बिडारी भन्छन्, ‘उपसभामुख कांग्रेस वा अन्य दललाई दिएर भए पनि नेकपाले सभामुख पद छोड्दैन।’

संविधानविद् एवं कांग्रेस सांसद राधेश्याम अधिकारी पहिल्यै एक पद छोड्नुपर्नेमा नेकपाले अनेक बहाना गरेको आरोप लगाउँछन्। ‘सभामुख वा उपसभामुखमध्ये उहाँहरूले एक पद पहिल्यै छोडनुपथ्र्यो,’ अधिकारी भन्छन्, ‘त्यतिबेला अनेक बहाना बनाउनुभयो। अब पनि बहाना बनाउनुभयो भने संविधानमाथि आक्रमण हुन्छ।’ प्रतिनिधिसभाको निर्वाचनपछि तत्कालीन माओवादी केन्द्रबाट महरा सभामुख र तत्कालीन एमालेबाट तुम्बाहाम्फे उपसभामुखमा निर्वाचित भएका थिए।

तर दुवै पार्टी एकतापछि एकै दलको सभामुख र उपसभामुख बनेको भन्दै कांग्रेसले विरोध जनाएको थियो। नेकपाले कुनै एक पद नछोडेपछि त्यससम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।

उपसभामुखको राजीनामाबारे अन्योलसभामुख पद रिक्त रहेकाले उपसभामुखले कसलाई राजीनामा दिने भन्ने अन्योल छ। संविधानमा सभामुख र उपसभामुखले पदबाट राजीनामा दिएमा पद रिक्त हुने व्यवस्था रहे पनि दुवैले कसलाई राजीनामा दिने भन्नेमा मौन छ। प्रतिनिधिसभा नियमावलीले सभामुखले उपसभामुखलाई र उपसभामुखले सभामुखलाई सम्बोधन गरेर आफ्नो पदबाट लिखित राजीनामा दिन सक्ने व्यवस्था गरेको छ।

नियमावलीको नियम २११ को (१) मा सभामुखले उपसभामुखलाई सम्बोधन गरी पदबाट राजीनामा दिन सक्ने व्यवस्था छ। उपसभामुख वा कुनै सदस्यले पदबाट राजीनामा दिँदा सभामुखलाई सम्बोधन गर्नुपर्ने हुन्छ। पूर्वसभामुख एवं नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ उपसभामुखले राजीनामा दिँदा ‘सभामुखलाई सम्बोधन’ गरेर दिन सक्ने तर्क गर्छन्। ‘सभामुखलाई नभई सभामुखलाई सम्बोधन गरेर राजीनामा दिने व्यवस्था नियमावलीमा छ,’ नेम्वाङको तर्क छ, ‘सभामुख नभएको अवस्थामा उपसभामुखलाई राजीनामा दिन केहीले पनि रोक्दैन।’

नियमावलीको नियम २११ को उपनियम २ मा सभामुख वा उपसभामुखमध्ये जसले राजीनामा दिए पनि बैठकको अध्यक्षता गर्ने व्यक्तिले बैठकमा पढेर सुनाउने व्यवस्था गरेको छ। ‘दुवै जनाले राजीनामा दिए बैठकको जेष्ठ अध्यक्षले बैठकमा सुनाउन सक्ने कुरालाई हेक्का राखेर नियमावलीमा यस्तो व्यवस्था गरिएको नेम्वाङको तर्क छ।’

सांसद अधिकारी संविधान तोडमोड नगरेर ‘पोलिटिकल सेटलमेन्ट’ गर्नुपर्ने बताउँछन्। ‘उपसभामुखले म पदमा बस्दिनँ भन्नुभयो भने राजीनामा गर्न सक्नुहुन्छ,’ अधिकारी भन्छन्, ‘तर संविधान तोडमोड गर्नेतर्फ नलागौं।’ सभामुख र उपसभामुख फरकफरक दलको हुनुपर्ने र एक जना महिला हुनैपर्ने संवैधानिक बाध्यताका कारण नेकपाले उपसभामुखबाट तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पद नछोडने संकेत गरेको हो।

यस्तो छ अभ्यास नयाँ संविधान जारी भएपछि तत्कालीन सभामुख सुवास नेम्वाङ र उपसभामुख ओनसरी घर्तीले एकापसमा राजीनामा साटासाट गरे। सभामुखले उपसभामुख र उपसभामुखले सभामुखसमक्ष राजीनामा दिने संसद् नियमावलीको व्यवस्थाअनुसार एकैसाथ दुवै जनाले राजीनामा साटासाट गरेका कारण त्यतिबेला राजीनामाको प्रक्रिया विवादमा परेन।

दुवै जनाले राजीनामा दिएपछि जेष्ठ सदस्य महन्थ ठाकुरले बैठकको अध्यक्षता गरे। संसद् सचिवालयले सभामुख र उपसभामुखको नयाँ प्रक्रिया सुरु गर्‍यो। अन्नपुर्णपोष्ट दैनिकबाट