१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

धितोपत्र बोर्डका अध्यक्ष जीवनभर काम गर्न नपाउने



अ+ अ-

काठमाडौं । धितोपत्र बोर्डले ‘धितोपत्र सम्बन्धी ऐन, २०६३’ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसद्‌मा पेस गरेको छ। धितोपत्रसम्बन्धी कानुनी व्यवस्थामा थप सुधार र नयाँ व्यवस्था लागू गर्नका लागि भन्दै विधेयक संघीय संसद्‌मा पेस गरेको हो ।

विधेयकमा धितोपत्र बोर्डको अध्यक्ष भइइसकेको व्यक्ति अवकाश जीवनभर र कार्यकारी निर्देशक तथा उप कार्यकारी निर्देशक अवकाश प्राप्त भएको दुई वर्षसम्म कुनै सूचीकृत संगठित संस्था तथा बोर्डबाट अनुमतिपत्र प्राप्त संस्थामा काम गर्न नपाउने व्यवस्था छ।

नयाँ व्यवस्थाले केन्द्रीय निक्षेप सेवा तथा विशिष्टीकृत लगानी कोष सञ्चालन गर्न थप व्यवस्था गरेको छ भने लगानीकर्ताको हित तथा स्वार्थ संरक्षणको लागि ट्रष्टीको व्यवस्था गरेको धितोपत्र बोर्डले जनाएको छ। साथै विधेयकमा बोर्डको सञ्चालक समितिलाई पुनर्संरचनाको विषयलाई पनि उठाइएको छ।