२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

“विकासको अभियानमा मिलेर अगाडि बढौँ”



अ+ अ-

रुपन्देही । पूर्वअर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले विकासको अभियानमा मिलेर अगाडि बढ्न सबैलाई आह्वान गर्नुभएको छ ।
बुटवल उपमहानगरपालिका–१३ मा निर्मित जितेश्वरी मन्दिर तथा सभाहलको आज उद्घाटन गर्दै उहाँले सामाजिक कार्यमा जस्तै विकासका काममा समेत सहकार्य गर्न आग्रह गर्नुभयो ।

उहाँले स्थानीयको साथ र सहकार्यले विकासलाई अगाडि बढाउन सहयोग मिल्ने धारणा राख्नुभयो । महासचिव पौडेलले बुटवलको सामाजिक, आर्थिक, भौतिक तथा सबै प्रकारका विकासमा साथ र समर्थन रहने प्रतिबद्धतासमेत जनाउनुभयो ।

उहाँले तीनाउपारीका क्षेत्रको विकासका लागि तिनाउ–दानव करिडोर निर्माणको योजना बनाएको बताउँदै यो योजना समयमै सम्पन्न गर्न स्थानीयको सक्रियता हुनुपर्ने बताउनुभयो । “यो करिडोर तिनाउ र दानव नदीको दोभानबाट शुरु भएर लुम्बिनी जाने सडकसम्म जोडिन्छ ।” उहाँले भन्नुभयो । आफ्नो क्षेत्रको विकासमा चासो र सक्रियता बढाउँदै गए योजना प्नि समयमै सकिने उहाँको भनाइ थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण गैरेले स्थानीयको सक्रियतामा मन्दिर निर्माण गरेको बताउनुभयो । उहाँले मन्दिर र सभाहलको निर्माणपछि वडाका धार्मिक गतिविधि सञ्चालनका लागि सहज हुनेछ भन्नुभयो ।
जितेश्वरी आमा समूहका अध्यक्ष मन्दिरा गौडेलले धर्मले मानिसलाई सही आचरणमा रहन सिकाउने हुँदा वडामा धार्मिक गतिविधिलाई बढावा दिएको बताउनुभयो ।