१० असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य रास्वपा महाधिबेशन: ९९ केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुगमन नहुँदा तरकारीको मूल्य मनपरी



अ+ अ-

गाईघाट । दशैँं नजिकिएको बेला अहिले उदयपुरको सदरमुकाम गाईघाटस्थित थारुहट रङ्गशाला छेउको तरकारी बजारमा अनुगमन नहुँदा व्यापारीले मनपरी मूल्यमा बिक्री गर्न थालेका छन् ।

स्थानीय तह, उद्योग वाणिज्य सङ्घ र प्रहरी सहितको टोलीले बजारको अन्य क्षेत्रमा बजार अनुगमन गरेपनि अहिलेसम्म तरकारी बजारको अनुगमन नगर्दा तरकारी व्यापारीले मनपरी मूल्यमा तरकारी बिक्री गर्ने गरेको उपभोक्ताको आरोप छ ।

गाईघाटका शारदा खड्काका अनुसार तरकारी व्यापारीले अहिले हप्तादेखियता दैनिक तरकारीको मूल्य बढाउने गरेका कारण उपभोक्ता मारमा पर्न थालेका छन् ।

खड्का भन्निुहुन्छ,“३० रुपैयाँ प्रतिकिलोको आलु एक हप्ताभित्र मूल्य बढेर अहिले ८० रुपैयाँसम्म प्रतिकिलो मूल्य पुग्यो, १५० किलोबाट गोलभेँडाकोे मूल्य एक हप्तामा रु २८० प्रतिकिलो पुग्यो, व्यापारीले दैनिक प्रतिकिलो तरकारीमा रु १० देखि २० मूल्य वृद्धि गर्दे लगेका छन् ।”

 अहिलेसम्म तरकारी बजारको अनुगमन नभएको कारण व्यापारीले मनपरी मूल्य वृद्धि गरेपछि उपभोक्ता साह्रै महङ्गीको मारमा परेको अर्का स्थानीयवासी खगेन्द्र कार्की बताउनुहुन्छ ।

कार्की भन्नुहुन्छ,“प्याजको मूल्यवृद्धि भएको निहुँमा तरकारी व्यापारीले अन्य तरकारीको मूल्य पनि मनलाग्दी बढाए, उपभोक्ताको समस्याबारेमा स्थानीय तह वा उद्योग वाणिज्य सङ्घ र मिडियाले पनि ध्यान दिएन ।”

स्यानीयवासी कुमार राउत भन्नुहुन्छ, “अहिले प्याजको मूल्य वृद्धि भएको हामीले सुनेका हौँं, प्याज बाहेक अन्य वस्तुको पनि मूल्य प्याज जस्तै मनपरी दिनानुदिन बढिरहेको छ, अनुगमन नहुँदा उपभोक्ता मारमा पर्नुपरेको छ ।”

त्रियुगा नगरपालिका–१० का वडाध्यक्ष तथा नगरपालिका अनुगमन समितिका सदस्य प्रकाश खड्काले अन्य क्षेत्रमा बजार अनुगमन भइरहे पनि तरकारी बजारको अनुगमन र तरकारीको मूल्य समायोजन गर्न नभ्याइएको बताउनुभयो ।

यसको पनि अनुगमन शुरु गर्ने पक्षमा नगरपालिका रहेको सदस्य खड्काले बताउनुभयो । जिल्ला प्रशासन, घरेलु, नगरपालिका प्रहरीसहितका टिमले बजार अनुगमन गरिरहेको भएपनि तरकारी बजारको अनुगमन र मूल्य समायोजनको अनुगमन हुन नसकेको अनुगमन समितिका सदस्यहरु नै बताउँछन् ।

तरकारी व्यापारी स्वाभावले प्याजसँगै अन्य तरकारीको मूल्य बढेर आएका कारण आफूहरुले महङ्गो मूल्यमा बिक्री गर्न परेको तरकारी व्यापारी राधा चौधरीले बताइन् ।