काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आज ऊर्जा क्षेत्रका उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्ने भएका छन्।
प्रधानमन्त्री शाहले केही दिनयता विभिन्न क्षेत्रका उद्योगी–व्यवसायीसँग नियमित छलफल गर्दै आएका छन्। सोही क्रमलाई निरन्तरता दिँदै ऊर्जा क्षेत्रमा देखिएका समस्या प्रत्यक्ष रूपमा बुझ्न र समाधानका उपाय खोज्न उद्यमीहरूलाई छलफलका लागि आमन्त्रण गरिएको हो।
एक ऊर्जा उद्यमीका अनुसार प्रधानमन्त्रीले ऊर्जा क्षेत्रको वास्तविक अवस्था, निजी क्षेत्रले भोगिरहेका चुनौती र सुधारका आवश्यक विषयमा प्रत्यक्ष सुझाव लिन चाहेकाले छलफल आयोजना गरिएको हो।
बैठकमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहन डाँगी, निवर्तमान अध्यक्ष गणेश कार्की तथा वरिष्ठ उपाध्यक्ष उत्तम लामालगायत ऊर्जा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।












