१० असार २०८३, बुधबार
,
Latest
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व संकलन दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड शुक्लाफाँटामा सुनौलो तोपचराको गणना सुरु रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना यस्तो छ बुधबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

औलागाउँमा चितुवाको आतङ्क, स्थानीयवासी त्रसित



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको औलागाउँमा चितुवाले आतङ्क मच्चाएको छ । चितुवाको आक्रमणबाट एक हप्तायता चार बाख्रा, दुई कुकुर र २० कुखुरा मरेका छन् । दैनिकजसो रातिको समयमा गाउँमा चितुवा आउने गर्छ । चितुवाको आक्रमणबाट पशुपक्षी मर्ने क्रम बढेपछि औलाका बासिन्दा त्रसित भएको स्थानीयवासी यामप्रसाद पुर्जाले बताए ।

चितवाले टीका घताने र धनकुमार विकको खोरबाट दुई/दुई बाख्रा र दुई कुकुर मारेको छ । सन्देश रञ्तिजाको १४ र यामप्रसाद रञ्तिजाले पालेका छ कुखुरा खोरभित्रै मारेको छ । चितवाको आक्रमणको डरले स्थानीयवासी समसाँझै घरभित्र ढोका थुनेर बस्न थालेका छन् । घरबाहिरको शौचालय जानलाई समेत त्रास भएको छ ।

बाख्रा कुखुराको खोर मर्मत गरेका छन् । मानिसलाई समेत आक्रमण गर्ने खतरा बढेपछि गाउँलेले सतर्कता अपनाएका छन् । एक्लै हिँडडुल नगर्ने, रातिको समयमा घर बाहिर ननिस्कने, कुखुरा, बाख्रालाई सुरक्षित ठाउँमा सारेका छन् । जङ्गलमा आहरा पाउन छाडेपछि चितुवा गाउँ पस्ने गरेको बताइएको छ ।