२६ असार २०८३, शुक्रबार
,
Latest
संवैधानिक निकायका प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छः मन्त्री गौतम राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट नेपालीको जीवन रक्षाका लागि भारत लैजाने तयारी थियो : गृहमन्त्री गुरुङ मृत्यु/अशक्त वैदेशिक श्रमिकका ३ हजार ३६३ सन्तानलाई छात्रवृत्ति यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ निर्वाचन आयोग, राष्ट्रिय सुरक्षा परिषद् र महिला आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेश राष्ट्रपति पौडेलद्वारा तीन वटा विधेयक प्रमाणिकरण विपक्ष दलका सांसदहरुलाई गृहमन्त्रीले भनेः आफू जनताको सेवा नगर्ने अनि मलाई स्टन्टबाज भन्ने ? नेप्से परिसूचक झिनो अङ्कले घट्यो असार २९ गतेदेखि नयाँ प्रणालीबाट राहदानी वितरण सुरू गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले भन्यो–नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ



अ+ अ-

काठमाडाैँ । सरकारले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको स्पष्ट पारेको छ ।

शुक्रवार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएको हो । केही दिनअघि नेपालमा दलाई लामको जन्मदिन मनाउन सरकारले अनुमति दिएसँगै संसदमा नेपाल एक चीन नीति विपरित गएको हो ? भन्दै प्रश्न उठेको थियो ।

सोही प्रश्नको जवाफमा सरकारले नेपाल आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताउनु भयो । उहाँले नेपालले नेपालको भूमि कुनैपनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ । नेपालले आफ्नो भूमि कुनैपनि छिमेकी मुलुकको हित विपरित प्रयोग हुन नदिने आफ्नो स्थापित नीतिमा अडिग छ । हामी हाम्रो भूमि, नेपाली भूमि कुनैपनि मित्र राष्ट्रको हित विपरित प्रयोग हुन नदिने र नहुने विषयमा प्रतिवद्ध छौँ । सोही प्रतिवद्धता बमोजिम सरकारको नीति र सरकारको अडान यथावत छ ।’

उहाँले एक चीन नीतिमा नेपाल सरकारको नीति र सरकारको अडान यथावत रहेको बताउनु भयो ।