८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मर्मत सकिएपछि सुर्खेत विमानस्थल सुचारु



अ+ अ-

सुर्खेत ।  मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । मर्मतको काम सकिए पछि विमानस्थल सुचारु भएको नागरिक उड्डयन कार्यालय सुर्खेतले  जनाएको छ । धावनमार्ग मर्मतको समयमा पनि सुर्खेत विमानस्थलमा हेलिकोप्टरको उडान भने नियमित भइरहेको थियो ।

 विमानस्थल सञ्चालन हुने भएपछि  वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ ।