२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महराको राजिनामा ‘लटरपटर’, अर्को पनि राजीनामा दिनुपर्ने



अ+ अ-

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि कृष्णबहादुर महराले सभामुखबाट दिएको राजीनामा ‘लटरपटर’ छ। मंगलबार स्वकीय सचिवमार्फत् उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई बुझाएको राजीनामा पत्रमा उनले छानबिन प्रकिया नसकिँदासम्मका लागि राजीनामा दिएको बताएका छन्।

महराले दिएको राजीनामा पत्रमा प्रतिनिधि सभाका सभामुखको लेटर प्याड प्रयोग गरेका छन्। उनले बुझाएको राजीनामा पत्रले सभामुखबाट मात्र राजीनामा दिएको बुझिन्छ।

उपसभामुखलाई बुझाएको राजीनामा पछि उनी सभामुख पदबाट मुक्त भएका छन्। महराले सांसद पदबाट मुक्त हुन फेरि अर्को राजीनामा दिनु पर्ने नेकपाका एक नेताले बताए।

‘उहाँले सांसद पदबाट पनि राजीनामा दिनुपर्छ। नदिए पार्टीले उहाँलाई सांसदको हैसियतमा व्यवहार गर्दैन,’ उनले भने।

महरा २०७४ को प्रतिनिधि सभा निर्वाचनमा दाङ-२ बाट निर्वाचित भएका थिए।