२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैक्षिक गूणस्तर सुधारका लागि दैनिक १२ घण्टा कक्षा सञ्चालन



अ+ अ-

मेलम्ची । आजकल त्रिपुरासुन्दरी गाउँपालिका– ३ स्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीका दैनिकी फेरिएको छ । उनीहरु बिहान ६ बजे किताब बोकेर विद्यालय आएपछि साँझ– ६ बजेपछि मात्रै घर फर्कन्छन् ।

शैक्षिक गूणस्तर सुधारका लागि त्रिपुरासुन्दरी गाउँपालिका– ३ स्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयमा दैनिक १२ घण्टा कक्षा सञ्चालन शुरु गरिएको छ । एसइईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले माध्यमिक तहमा अध्ययनरत विद्यार्थीका लागि दैनिक १२ घण्टा कक्षा सञ्चालन गर्न थालिएको वडा शिक्षा समितिका संयोजक एवं वडाध्यक्ष शुकदेव रिसालले बताउनुभयो ।

वडाको अग्रसरतामा दैनिक १२ घण्टाको कक्षा सञ्चालन हुन थालेपछि अभिभावकमा पनि खुशियाली छाएको छ । विद्यार्थी पनि उत्तिकै खुशी छन् । बिहानै खाना पकाएर अभिभावकले किताबकपीका झोलासँगै टिफिन बक्समा खाना पठाउने गरेका छन् । “अभिभावकलाई आफ्ना बालबच्चाको पढाई उत्कृष्ट होस् भन्ने छ, हामीलाई पनि यो विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गर्ने ठूलो चाहना छ”, वडाध्यक्ष रिसालले भन्नुभयो, “अभिभावक, विद्यार्थी र हाम्रो चाहना मिलेपछि माध्यमिक तहमा दैनिक १२ घण्टाको पढाई शुरु गरेका हौँ ।” साँझ बिहानको थप सेवाबापत शिक्षकका लागि वडातहबाटै थप सुविधा दिइने बताइएको छ ।

कक्षा ११ र १२ निःशुल्क

विद्यालयमा अब कक्षा ११ र १२ मा निःशुल्क पढाइ हुने भएको छ । आगामी शैक्षिक सत्रबाट यस विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीका लागि कुनै पनि शुल्क लाग्ने छैन । नेपालको संविधानले माध्यमिक तह९कक्षा १२० सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेअनुसार त्रिपुरासुन्दरी गाउँपालिकाको ३ नम्बर वडाबाट आफूहरुले निःशुल्क शिक्षाको शुरुवात गर्न लागेको वडाध्यक्ष रिसालले बताउनुभयो ।