२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत हुन्: राष्ट्रपति



अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकहरूको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन आह्वान गरेका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस (१ अक्टोबर) को अवसरमा शुभकामना सन्देश दिदै राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिकहरूको सुखी, स्वस्थ र सम्मानित जीवनका लागि हार्दिक शुभकामना पनि व्यक्त गरेका छ ।

उनले शुभकामना सन्देशमा भने, “ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरूको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नतर्फ ध्यान दिनु जरुरी छ ।” उनले सन्देशमा नेपालको संविधान, कानुन र नीतिहरूले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको चर्चा गदै जसलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्ने टड्कारो आवश्यकतामा जोड दिएका छन् ।

उनले माया, ममता र करुणाका खानी रहेका ज्येष्ठ नागरिकहरूको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित हाम्रो आदर्श परिवार बनाउन अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसले सम्बद्ध सबैमा प्रेरणा प्रदान गर्ने अपेक्षासमेत सन्देशमा गरेका छन् । गोरखापत्र दैनिकबाट