२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं विश्वविद्यालयको लापरबाही: प्रवेश परीक्षामा दुई सय ५० विद्यार्थीको नतिजा नै परिवर्तन



अ+ अ-

काठमाडौं । विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा चरम लापरबाही भएको पाइएको छ । विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेजले लिएको प्रवेश परीक्षामा दुई सय ५० विद्यार्थीको नतिजा नै परिवर्तन गरिएको छ । एमबिबिएस तहको प्रवेश परीक्षाको नतिजामा विश्वसनीयता नै नभएपछि विद्यार्थी आक्रोशित भएका छन् ।

विश्वविद्यालयले छात्रवृत्तिसमेतका लागि लिएको प्रवेश परीक्षाको नतिजा ४ असोजमा सार्वजनिक गरेको थियो । तर, नतिजामा विद्यार्थीले चित्त बुझाएनन् । त्यसैले रिटोटलिङ गर्दा शुक्रबार पुनः अर्को नतिजा सार्वजनिक भएको थियो । जसमा, करिब दुई सयजनाको नतिजा हेरफेर भएको छ । पहिलो नतिजामा उच्च अंकसहित पास भएका विद्यार्थी दोस्रोमा फेल भएका छन् भने पहिले फेल भएका विद्यार्थी दोस्रोमा उच्च अंकसहित पास भएका छन् ।

६ हजार आठ सय विद्यार्थीले परीक्षा दिएकामा पहिलोपटक चार हजार ६ सय ४८ जना पास भएका थिए । नतिजामा चित्त नबुझाएका करिब एक हजार विद्यार्थीले रिटोटलिङ गरेका थिए ।रिटोटलिङपछि प्रकाशित नतिजामा भने चार हजार चार सय ८९ जना मात्र पास भएका छन् । केयूले पहिलोपटक प्रकाशित गरेको नतिजामा मोहम्मद नसिर फेल भएका थिए । दोस्रो नतिजामा उनको ७४ नम्बर आएको छ । उनले अहिले पनि आफ्नो नतिजामा चित्त बुझाएका छैनन् । ‘केयूको रिजल्टमा अहिले पनि विश्वास गर्न सकिने अवस्था छैन ।

मेरो ८५ भन्दा बढी आउनुपर्छ, मजस्ता धेरै साथी पीडित भएका छन्,’ उनले भने । कतिपयको अंक घटेको पनि छ । अमृत खनालको पहिले ७१ आएकोमा पछिल्लोमा ६४ आएको छ । काठमाडौं विश्वविद्यालयअन्तर्गतका मेडिकल कलेजमा एक सय १० विद्यार्थीले छात्रवृत्ति पाउँछन् । छात्रवृत्तिमा पढ्न पाउने आशामा वर्षौँदेखि तयारी गरेका विद्यार्थी विश्वसनीय नतिजा नआएपछि निराश र आक्रोशित भएका छन् ।

छानबिन गरी कारबाही गर्न माग
चिकित्सा शिक्षाका विद्यार्थीले काठमाडौं विश्वविद्यालयबाट भएको लापरबाहीको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन् । चिकित्साशास्त्र संघर्ष समितिले संवेदनशील विषयमा लापरबाही भएको भन्दै आपत्ति जनाएको छ । संघर्ष समितिका प्रवक्ता तथा काठमाडौं युनिभर्सिटी मेडिकल स्टुडेन्ट वेलफेयर काउन्सिलका अध्यक्ष सुजन कडरियाले भने, ‘प्राविधिक त्रुटि हो भने केयूले यस्तो संवेदनशील विषयमा विज्ञप्तिसमेत किन निकालेन रु कसले किन बदमासी ग¥यो, छानबिन गरी कारबाही गर्नुपर्छ ।’ उनले केयूमा पहिलोपटक यति ठूलो गल्ती भएको बताए ।

पाँचजनाले अर्कैको नम्बरमा परीक्षा दिएछन्: प्राडा. रोजेन्द्र कोजू,
डिन, स्कुल अफ मेडिकल साइन्सेज, केयू

प्रवेश परीक्षाको नतिजा आइसकेपछि हजारजनाले रिटोटलिङका लागि आवेदन दिए । किन यति धेरैले आवेदन दिए भनेर हामीले छानबिन गरेका थियौँ । छानबिन गर्दा पाँचजनाले आफूले पनि फर्म भरेका, तर परीक्षा भनेको अर्काको नम्बरमा दिएको पायौँ । पाँचजनाको दुईवटा सिम्बोल नम्बर भयो । त्यो मिलाउँदा दुई सय ५० जनाको नतिजा तलमाथि भएको छ । पास भएका फेल भए र फेल भएकाहरू केही पास भएका पनि छन् । पाँचजनाको कारण अरूलाई पनि समस्या भयो ।

बाहिरियो प्रश्नपत्र
काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षाबाट प्रश्नपत्र बाहिरिएको छ । परीक्षासम्बन्धी नियममा कुनै पनि प्रश्नपत्र विद्यार्थीले बाहिर लैजान नपाउने व्यवस्था छ । तर, विद्यार्थीमार्फत प्रश्नपत्र बाहिरियो । ‘विद्यार्थीले प्रश्नपत्र बुझाएर निस्कनुपर्छ, प्रश्नपत्र बाहिरिनु भनेको परीक्षा फितलो हुनु हो,’ केयूका एक प्राध्यापकले भने । परीक्षा चलिरहँदा प्रश्नपत्र बाहिरिएको हो वा सकिएपछि भन्ने चाहिँ छानबिनपछि थाहा हुने उनले बताए । नयाँ पत्रिका दैनिकबाट