२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नुनदेखि सुन पसलसम्म ग्राहकको भीड



अ+ अ-

काठमाडौंँ । दशैँ सुरु भएसँगै बजारमा नुनदेखि सुनसम्मका सामानको किनमेल गर्नेको चहलपहल बढेको छ । राजधानीको केन्द्रबिन्दु नयाँ सडकमा त दशैँको रौनक अझै व्यापक छ ।

व्यापारीहरूको पनि वर्षभरिको आम्दानी हुने मुख्य समय दशैँ, तिहारजस्ता चाडमा नै भएकाले बजार चम्कन थालेको हो । स्थायी घर गोरखाका गणेश भट्टले आफूहरू पनि दशैँ मनाउन केही आम्दानी गर्नुपर्ने भएकाले दशैँको मौका छोपी व्यापार गरिरहेको र राम्रो आम्दानी गरिरहेको बताउनुभयो । दशैँताका न्युरोडका पसल कबल, असन र इन्द्रचोकका गल्ली, भृकुटीमण्डपका छाप्रे बजार वा चमकधमकयुक्त सुपर स्टोर्स सबैतिर किनमेल गर्नेको थामिनसक्नु भीड हुन्छ । छुट र उपहारका अनेकौँ ‘अफर’ ले खरिददारीमा उत्साह थपेका छन् ।

उपत्यकाका मुख्य व्यापारिक केन्द्रहरू न्युरोड, इन्द्रचोक, रञ्जना, असन, भृकुटीमण्डप, भोटाहिटी, वल्र्ड टे«ड सेन्टर, विशाल बजार, भाटभटेनी सुपरमार्केट, सिभिल मल, सिटी सेन्टरलगायतका ठाउँमा किनमेल गर्नेहरूको भीड लाग्न सुरु भइसकेको छ । सिभिल मल, युनाइटेड वल्ड टे«ेड र सिटी सेन्टरहरूले विविध उपहारले ग्राहक आफूतिर तानिरहेका छन् । यो समयमा यी बजारहरूमा अघिपछिको भन्दा दोब्बर तेब्बर व्यापार हुने गरेको व्यापारी बताउँछन् ।
दशैंँमा नयाँ लगाउनुपर्ने र मीठो खानुपर्ने परम्परागत मान्यता रहिआएको छ । यसले बजारमा रौनकता छाउने गरेको विशाल बजार व्यापार सङ्घका अध्यक्ष दामोदर कार्कीले बताउनुभयो । उहाँले दशैँ मनाउनका लागि उपत्यका बाहिर जाने मानिसले आफ्नो र आफ्नो परिवारका सदस्यका लागि केही न केही नयाँ सामान उपहार लैजाने हुनाले पनि बजारमा सामान अत्यधिक मात्रामा बिक्री हुने गरेको जानकारी दिनुभयो ।

अध्यक्ष कार्कीका अनुसार दशैँमा किनमेल गर्न आउने मान्छेका लागि पार्किङ मुख्य समस्या थियो । स्मार्ट पार्किङका कारण त्यो समस्या धेरै समाधान भएको छ । कतिपयले भने नयाँ सडकको स्मार्ट पार्किङ महँगो भएको गुनासो गरिरहेका छन् ।

यतिबोल व्यापारीलाई मोलमोलाइ गरेर एकछिन पनि फुर्सद पनि छैन । नेपालीहरूमा यतिखेर एक जोर भए पनि नयाँ कपडा किन्ने प्रचलन छ । यस्तै, नयाँ सामग्री किन्ने बेला पनि यही नै हो । उपत्यकामा अन्य बेलाभन्दा दशैँ तथा तिहारमा शतप्रतिशत बढी व्यापार हुने गरेको इन्द्रचोकमा लुगा तथा ब्याग व्यापारी सम्झना महर्जनले जानकारी दिनुभयो । ‘‘यो बेला हल्का जाडो सुरु भइसकेको छ,’’ उहाँले थप्नुभयो, ‘‘त्यसैले बाक्ला र जिन्स कपडा किन्नेहरूको भीड बाक्लो छ । ’’

विशेषगरी काठमाडौँको व्यापारिक केन्द्र असनमा दशैँका लागि किनमेल गर्ने मानिसको घुइँचोका कारण छिर्नसमेत गाह्रो हुन्छ । असनमा दशैँका लागि चाहिने रातो कपडा, अदुवा, उखुको बोट किन्नेको भीड लागेको छ । त्यस्तै, धुप, कपासको बत्ती, मकै, चामल, रातो टीका, फूलजस्ता अत्यावश्यक वस्तु फुटपाथमा राखेर बेच्नेको पनि उत्तिकै भीड छ ।

न्युरोडस्थित बाराही ज्वेलर्समा सुनको औँठी खरिद गर्न आउनुभएका सुनिता रायमाझी भन्नुहुन्छ, ‘‘हरेक वर्ष दशैँमा सुनको केही न केही सामान खरिद गर्ने गरेको थिएँ, यो वर्षको सुनको भाउ साह्रै बढेकाले सानो औँठी मात्र खरिद गर्न आएको हुँ । ’’

बजारमा उपभोग्य वस्तु मात्र होइन ‘नोट’ पनि बिक्री भइरहेको छ । दशैँमा नयाँ नोट अपरिहार्यझैँ हुन्छ । त्यसैले बाटोबाटोमा व्यापारीहरू नाङ्लोमा नयाँ नोटको व्यापार गरिरहेका छन् । सय, पचास, बीस र दसको नयाँ नोट बिक्रीका लागि राखिरहनुभएको हरिप्रसाद चापागार्इंले दशैँलाई लागि नै नोट बिक्री गरेको जानकारी दिनुभयो ।

उहाँ भन्नुहुन्छ, ‘‘एक हजार रुपियाँको पैसा साट्दा नौ सय मात्र दिने सय रुपियाँ फाइदा हुन्छ । ५० हजारको नयाँ नोट साटेर बिक्रीका लागि राखेको छु । ’’ सुन्धारास्थित सिभिल मल व्यापारिक सङ्घका अध्यक्ष विजय महर्जन भन्नुहुन्छ, ‘‘मीठो खाने, राम्रो लाउने र पारिवारिक मिलनको अवसर बन्ने गरेको दशैँ अहिले उपभोगको चाड बनिसक्यो भन्दा फरक पर्दैन । ’’

यो बेला विभिन्न ‘अफर’ले सस्तो पर्ने हुँदा जुत्ता चप्पलदेखि विद्युतीय सामग्रीदेखि सवारीसाधन किन्ने अवसर दशैंँ नै हो, उहाँले थप्नुभयो, सिभिल मलमा यस्ता अफरहरू रहेकाले ग्राहक वर्गलाई सुविधा हुनेछ । पछिल्लो समय युवा पुस्ता यस्ता सपिङ सेन्टरमा किनमेलका लागि आकर्षित हुने गरेको छ । घरायसी सामानदेखि ‘रेडिमेड’ सामान एकै स्थानमा पाउने भएकाले पनि यस्ता किनमेल केन्द्रमा मानिसको आकर्षण बढ्दै गएको हो ।

मखनस्थित सुरज आर्केटमा आफ्नी छोरीका लागि लुगा किन्न आउनुभएका अशोक श्रेष्ठले जामा र जुत्ता किन्दै भन्नुभयो, ‘‘दशैँ त बालबालिकाका लागि हो । दशैँमा त बालबालिकालाई नयाँ लुगा खरिद गरिदिनुपर्छ । ’’ सुरज आर्केट (ड्यागन हाउस)मा आफूलाई, श्रीमती तथा बालबालिका सबैका लागि भरपर्दो र सस्तो सामान पाउने भएकाले सधैँ यतै आउने जानकारी दिनुभयो ।, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।