२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमलेन्द्र निधिकाे प्रस्ताव पारित, विजयकुमार गच्छदार समूहलाई ११ केन्द्रीय सदस्य



अ+ अ-

काठमाडौं । विजयकुमार गच्छदारकाे नेतृत्वमा रहेकाे तर नेपाली कांग्रेसमा गत चुनावकाे सम्मुखमा पार्टी एकता गरेकाे तत्कालीन नेपाल लोकतान्त्रिक फोरमको सांगठनिक संरचनालाइ नेकाभित्र समायोजन गरिएकाे छ ।

पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको सांगठनिक प्रस्तावलाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेको पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए ।

निर्णयअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउनेछ । साथै केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजन प्रस्तावलाई समेत ध्यानमा राखेर सहमतिका आधारमा समावेश गरिने छ ।

गच्छदार समूहले २०० जना महासमिति सदस्य र १४८ जना पर्यवेक्षक यसअघि नै पाइसकेको छ । अब २५२ महाधिवेशन प्रतिनिधि पाउनेछ ।

पार्टीका विभाग गठन गर्दा सहमतिका आधारमा गर्ने र प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने कांग्रेसको निर्णय छ । यस्तै १३ जिल्लामा उपसभापति पाउने भएको छ ।

  • मोरङ्ग जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य १५ जना
  • सुनसरी जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
  • कैलाली जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना
  • बर्दिया जिल्ला कार्यसमितिमा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना
  • सप्तरी जिल्ला कार्यसमितिमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना
  • सर्लाही, दाङ्ग, पर्सा र काभ्रे जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ७/७ जना
  • झापा र रुपन्देही जिल्ला कार्यसमितिमा उपसभापति १/१ र सदस्य ५/५ जना
  • बारा र बाँके जिल्ला कार्यसमितिमा उप–सभापति १/१ र सदस्य ३/३ जना ।
  • ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कंचनपुर जिल्ला कार्यसमितिमा सहसचिव १/१ र सदस्य ३/३ जना ।
  • उदयपुर र महोत्तरी जिल्ला कार्यसमितिमा सह–सचिव १/१ र सदस्य २/२ जना ।

काठमाडौं र पश्चिम नवलपरासीको हकमा आवश्यक परामर्श गरी निर्णय गर्ने कांग्रेसको निर्णय छ । यस्तै प्रतिनिधिसभा, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, नगर–उपमहानगर–महानगर कार्यसमितिमा पनि क्रियाशील सदस्यका आधारमा पदाधिकारीसहित सदस्य पाउनेछ ।

फोरम लोकतान्त्रिकले दिएको क्रियाशील सदस्यहरुको हकमा भने छानविन र अद्यावधि गरी जिल्लाबाट केन्द्रमा प्राप्त भएपछि अन्तिम निर्णय गर्ने कांग्रेसले जनाएको छ ।