२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकासमा साझेदारी हुन्छः मन्त्री लम्साल



अ+ अ-

स्याङ्जा । गण्डकी प्रदेशका उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले विकास निर्माणको काममा प्रदेश सरकार स्थानीय तहसँग साझेदारी गरेर अगाडि बढ्न तयार रहेको बताएका छन् ।

गण्डकी प्रदेश आन्तरिक भम्रण वर्ष २०१९ को सिलसिलामा स्याङ्जाको भिरकोट नगरपालिका–४ स्थित धार्मिक पर्यटकीय क्षेत्र छाङ्छाङ्दी छाँया क्षेत्र मन्दिरको बिहीबार दर्शन एवम अवलोकनका आगि आउनुभएका मन्त्री लम्सालले गण्डकी प्रदेश धार्मिक एवम पर्यटकीय क्षेत्रका हिसाबले महत्वपूर्ण प्रदेश भएको बताए । प्रकृतिले दिएको यही सम्पदाको सही सदुपयोग गरेर समृद्धि हासिल गरिने उनले बताए ।

प्रदेशभित्र रहेका धार्मिक एवम पर्यटकीय स्थलमा आवश्यकताअनुसार सरकारले पूर्वाधारको निर्माण गरेर जनतालाई आयआर्जनका साथै देशभित्रै रोजगारी सिर्जना गर्ने अभियानमा सरकार लागेको मन्त्री लम्सालले बताए । मन्त्री लम्सालले भ्रमण वर्ष २०२० लाई सफल बनाउने उद्देश्यले प्रदेश सरकारले २०१९ लाई आन्तरिक पर्यटन भ्रमण वर्षका रुपमा मनाएर प्रदेशभित्र रहेका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने अभियान सञ्चालन गरेको बताए ।

कार्यक्रममा प्रदेश सरकारले भिरकोट नगपालिकाको विकास निर्माणमा गरेको सहयोगप्रति नगरप्रमुख छाँयाराम खनालले प्रदेश सरकारलाई धन्यवाद दिँदै थप सहयोगको आशा गरेको बताए । नगरप्रमुख खनालले भिरकोट नगरपालिकाभित्र रहेका धार्मिक एवम पर्यटकीय क्षेत्रको पहिचान गरी नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको बताए ।