२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रीहरूले देखाए पुरानै सम्पत्ति विवरण,प्रवक्ता बाँस्कोटा भन्छन्–मन्त्रीको सम्पत्ति किन सार्वजनिक गर्नुपर्‍यो ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रीहरूको पुरानै सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सरकारी वेबसाइटमा ‘आर्थिक वर्ष ०७५र७६ को सम्पत्ति विवरण’ शीर्षकमा ०७४/७५ कै विवरण राखिएको छ । वेबसाइटमा प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण भन्ने शीर्षक छ । जसमा आर्थिक वर्ष ०७५/७६ को सम्पत्ति विवरण भनेर उल्लेख गरिएको छ । तर, त्यहाँ गत वर्षकै विवरण छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता यमलाल भुसालले यसबारे आफूलाई केही थाहा नभएको बताए । सूचना प्रविधि शाखासँग समन्वय गरेर मात्रै प्रतिक्रिया दिन सक्ने उनले बताए । ‘आव ०७५/७६ को सम्पत्ति विवरण प्राप्त भइसकेको छ, सार्वजनिक गर्न मन्त्रिपरिषद्को निर्णय आवश्यक हुन्छ, गलत शीर्षक परेको मलाई थाहा छैन ।’

सरकारका प्रवक्ता गोकुल बाँस्कोटा भन्छन्–मन्त्रीको सम्पत्ति किन सार्वजनिक गर्नुपर्‍यो ?
मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गर्ने कुरा समयक्रममा हुन्छ । मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेर हुने पनि के हो रु त्यो कसैले पाउने होइन, तर पनि हामीलेहरूले बुझाउने ठाउँमा बुझाइसकेका छौँ, सबैलाई देखाउँदै हिँड्नुपर्ने विषय यो होइन ।

तीन मन्त्रीको विवरण अहिलेसम्म गोप्य
सरकारमा सहभागी समाजवादी पार्टी नेपालका मन्त्रीहरूले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेबसाइटमा समाजवादी पार्टी नेपालबाट सरकारमा सहभागी मन्त्रीहरू उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राई र स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार चौधरीको सूचीमा सम्पत्ति विवरण प्राप्त भएको लेखिएको छ । तर, सार्वजनिक गरिएको छैन । नयाँ पत्रिका दैनिकबाट