२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘जम्मु कास्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक’



अ+ अ-

काठमाडौँ । नेपाल स्थित पाकिस्तानका राजदूतले जम्बु कस्मिरको सम्बन्धमा भारतले लिएको निर्णय अवैधानिक भएको बताउनु भएको छ ।
काठमाडौँमा रहेको पाकिस्तान दुतावासमा एक कार्यक्रमको आयोजना गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरी जनताको इच्छा बिपरित भारत सरकारले सम्झौताको धारा ३७० निलम्बन गर्नु अबैधानिक भएको बताउनु भएको हो ।

केहि मानव अधिकारकर्मी सामाजिक अभियन्ताहरु सँग छलफल गर्दै राजदूत जावेदले भारत सरकारको यस कदमलाई संयुक्त राष्ट्र संघले समेत असन्तुष्टि ब्यक्त गरेको बताउनु भयो । राष्ट्रसंघले भारत सरकारले जम्बु कस्मिर राज्यलाई विशेष अधिकार दिइएको अनुच्छेद ३७० लाई निष्क्रिय बनाए पछि भारत र पाकिस्तानबिच १९७२ मा भएको सिमला सम्झौता स्मरण गर्न भनेको छ । सिमला सम्झौतामा जम्बु कस्मिरका विषयमा अन्तिम स्थिति निर्धारण संयुक्त राष्ट्रको चार्टरलाई ध्यानमा राख्दै आवश्यक कदम चालिने उल्लेख छ । राजदूत जवेदले सिमला सम्झौतामा स्पष्ट किटान भएको विषयमा भारत सरकारले एकलौटि निर्णय गर्नु गलत कदम भएको भन्दै सबैले बिरोध गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा राजदुत जवेदले भारतले लगाएको कफर््युको कारण लाखौ तिर्थ यात्री आफ्नो संस्कृतिक अधिकार प्रयोग गर्नबाट बन्चित भएको पनि बताउनु भयो ।

नेपालका लागि पाकिस्तानका राजदूत

पाकिस्तान सरकारले भारत सरकारको निर्णयको बारेमा कास्मिरका जनताकोलाई निर्णयको आधार बनाउनु पर्ने भन्दै अन्तराष्ट्रिय जगतको ध्यानाकर्षण गराउदै आएको छ । भारत सरकारको निर्णय लगत्तै चीन र टर्कीले निर्णय सुखद नभएको टिप्पणी गरेका थिए तर दक्षिण एशियाका बंगलादेश, श्रीलंका र मालदिभ्सले भने भारत सरकारको निर्णयको समर्थन गरेका छन् । युरोप तथा अमेरिकाका शक्ति राष्ट्रहरुले अहिले सम्म आफ्नो धारणा सार्वजनिक गरेका छैनन् ।