२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा हिन्दू राष्ट्र बनाउनुपर्ने माग अर्को महाधिवेशनमा बढ्ने : महामन्त्री कोईराला



अ+ अ-

रामेछाप। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी महाधिवेशनमा नेपाललाई हिन्दू राष्ट्र बनाउनुपर्छ भन्ने माग बढ्ने बताएका छन् ।

विहीबार रामेछापको मन्थलीमा प्रेस युनियनले गरेको पत्रकार भेटका क्रममा ‘गएको महासमिति बैठकमा ८ सय प्रतिनिधिले हस्ताक्षर गरी राखेको माग अझ बलियोगरी आउने’ कोइरालाको दाबी थियो ।

पार्टीभित्र घात प्रतिघातको अन्त्य गर्दै एकढिक्का भए कुनै शक्तिसँग कांग्रेस पराजित हुनु नपर्ने बताएका उनले त्यसका लागि कार्यकर्ता पंक्तिबाट पनि दबाब हुनुपर्ने बताए ।

महामन्त्री कोईरालाले सरकारले कुनै नयाँ योजना नआएको तर सपनामात्र बाँडिएको बताएका छन् ।