२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुटवलबाट गर्जिए प्रचण्ड, अनावश्यक टिका-टिप्पणीले कसैलाई फाईदा हुदैन



अ+ अ-

बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रै हुने अनावश्यक टिका-टिप्पणीले कसैलाई हित नगर्ने बताए छन् । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाको आयोजनामा सुरु भएको लगानी सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक दल तथा नेताहरुले आफ्नो आचरण सुधार गर्नूपर्ने बताएका छन् ।

विगतमा निरकुंश व्यवस्थाका कारण मुलुक आर्थिक रुपमा कमजोर भए पनि अब पनि मुलुक समृद्धितर्फ जाने भएकाले ‘जातिवित्ति नकारात्मक टिप्पणी भएको छ, यसले कसैलाई हित गर्दैन’, प्रचण्डले भने,‘ राजनीतिक दल तथा नेताहरुमा सुधार समेत आवश्यक रहेको छ, हामी कम्युनिस्ट बडाहाकिम जस्तै भयौं, हामी पञ्चायतकालीन बडाहाकिम कि अरु भन्नेमै अन्योल छ, त्यसैले बडाहाकिम शैली फेरौं।’

सम्भावनै सम्भावना भएको रुपन्देहीमा लगानीको वातावरण बन्दै गएकोसमेत प्रचण्डले प्रष्ट पारे। उनले शान्तिका अग्रदुत गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अत्याधिक पर्यटक भित्रिने दाबी गरे।

त्यस्तै यही कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लगानीको वातावरण नै नभएको भन्नु सत्य नभएको दाबी गरे। कैयौं कानुन परिमार्जन गरेर नीतिगत सुधारहरु सरकारले गरिरहेको उनको भनाई रहेको छ।