२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाह्र क्रसर उद्योग मापदण्डविपरीत सञ्चालित



अ+ अ-

तनहुँ । जिल्लामा सञ्चालन हुँदै आएका १२ क्रसर उद्योग मापदण्डविपरीत रहेका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तय गरेको मापदण्ड अनुरुप कुनै पनि उद्योग सञ्चालनमा छैनन् । यसरी उद्योग सञ्चालन गर्नेमा सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा छन् ।

खनाल गिट्टी बालुवा उद्योग, यशोशान्ति कङ्क्रिट स्टोन, थापा एग्रिगेट उद्योग, सिद्धेश्वर एग्रिगेट एण्ड कङ्क्रिट ब्लक उद्योग, महालक्ष्मी एग्रिगेट इण्डष्ट्रिज उद्योग, क्वालिटी एग्रिगेट एण्ड क्रसर उद्योग प्रालि, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग, शिवशक्ति ढुङ्गा बालुवा क्रसर उद्योग छन् ।

त्यसैगरी म्याग्दे गाउँपालिकामा रहेका ढोरबाराही एग्रिगेट इण्डष्ट्रिज र सेती दोभान ब्लक एण्ड एग्रिगेट उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेका कार्यालयले जनाएको छ । त्यस्तै आबुखैरेनी गाउँपालिकाकोको एसजी रोडाढुङ्गा उद्योग र छिम्केश्वरी रोडा ढुङ्गा उद्योग छन् । जिल्लाका देवघाट र आबुखैरेनीका दुई क्रसर उद्योगले भर्खरै नयाँ मापदण्ड पूरा गरी दर्ता प्रक्रियामा ल्याएका घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टानको उत्खनन र सङ्कलन गर्दा पहाडी क्षेत्रमा तालतलैया र धार्मिक महत्वका पोखरीदेखि ५०० मिटर बाहिर हुनुपर्ने, हाइटेन्सन लाइनबाट ५०० मिटर बाहिर हुनुपर्ने, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका स्थान, सुरक्षा निकायबाट ५०० मिटर बाहिर हुनुपर्ने प्रावधान छ ।

यहाँ सञ्चालित कुनै पनि क्रसर उद्योगले मापदण्ड पूरा नगरी सञ्चालन गरेकाले मापदण्ड पूरा गर्न निर्देशन दिइएको घरेलु तथा साना उद्योग कार्यालयका कार्याल प्रमुख नारायणप्रसाद ढकालले बताए । मापदण्ड पूरा नगरी सञ्चालन गरिएकाले ती क्रसर उद्योगले विसं २०७२ देखि नवीकरणसमेत गरेका छैनन् ।

उद्योग बन्द गर्दा विकास निमार्णका काम प्रभावित हुने हुँदा चाँडै नै नयाँ मापदण्डअनुसार सञ्चालन गर्न निर्देशन दिइएको सो कार्यालयले जनाएको छ । जिल्ला अनुगमन तथा समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मापदण्ड पूरा नगर्ने क्रसर उद्योगलाई साउनदेखि नै बन्द गर्न निर्देशन दिएको बताए ।