२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन, ३२ हजारले दिए कांग्रेसलाई साथ



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बढ्दो महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या–हिंसा र विभिन्न विधेयकविरुद्ध मंगलबार देशभर सरकारको विरोध गर्दै प्रदर्शन गरेको छ।कांग्रेसले पहिलोपटक काठमाडौंसहित ७७ वटै जिल्लामा सभा गरी दोस्रो चरणको १५ दिने जागरण अभियान सम्पन्न गरेको हो।

बीपी कोइरालाको १०६औं जन्मजयन्तीको अवसर पारी भदौ २४ गते प्रदेश निर्वाचन क्षेत्र केन्द्रित हिमाल, पहाड, तराई–मधेस जागरण अभियान सञ्चालन गरिएको थियो। विरोध प्रदर्शनमा कांग्रेसले केपी सरकारले भ्रष्टाचार र महँगीलाई मलजल गर्नुका साथै हत्या–हिंसा र बलात्कारजस्ता जघन्य अपराधलाई प्रश्रय दिएको आरोप लगाएको थियो।विरोध सभामा नेताहरूले पार्टी सुदृढीकरणबारे पनि धारणा राखेका थिए।

उक्त अभियानका क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल रोल्पा, उपसभापतिद्वय विमलेन्द्र निधि कैलाली र विजयकुमार गच्छदार भक्तपुर, महामन्त्री डा. शशांक कोइराला खोटाङ, सहमहामन्त्री डा. प्रकाशशरण महत अछाम, कोषाध्यक्ष सीतादेवी यादव ललितपुर, नेताहरू डा। शेखर कोइराला नुवाकोट, डा. रामशरण महत झापा, कृष्णप्रसाद सिटौला सुनसरी र गगन थापा प्रदेश नम्बर २ पुगी सम्बोधन गरेका थिए ।

अभियानका क्रममा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल र नेपाल महिला संघलगायत भ्रातृ र शुभेच्छुक संस्थामा आबद्ध युवाबाट देश, लोकतन्त्र र कांग्रेसको आजको सन्दर्भमा खुला विचारहरू संकलन गरिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनले सरकारका गलत क्रियाकलापविरुद्ध जनमत सिर्जना गर्ने र संगठनलाई सशक्त बनाउने उद्देश्यले आयोजित उक्त अभियानमा ३१ हजार ६ सय ४२ जना अन्य पार्टी छाडी कांग्रेसमा प्रवेश गरेको बताए । नेपाल समाचारपत्र दैनिकबाट