२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्रुमर खरिद प्रक्रिया अघि बढेन, भएको संचालनमा आएनन्



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले थप दुई ब्रुमर खरिदका लागि प्रक्रिया अघि बढाएको फाइल सचिव केदार न्यौपानेको टेबुलमै अड्किएको छ । महानगरको गत २६ वैशाखमा बसेको ३२औँ कार्यपालिका बैठकले थप दुई ब्रुमर किन्ने निर्णय गरेको थियो । तर, दुई महिनायता ब्रुमर खरिद प्रक्रियाको फाइल सचिव न्यौपानेको टबुलमा अड्एिको छ ।

सचिव न्यौपानेले अध्ययन गर्ने भन्दै फाइल अघि नबढाएको मेयर विद्यासुन्दर शाक्यले बताए । ‘कार्यपालिका बैठकले दुई ब्रुमर किन्ने निर्णय गरिसकेको छ । तर, दुई महिनायता सचिवको टेबुलमा फाइल अड्किएको छ,’ मेयर शाक्यले भने, ‘अध्ययन गर्छु भन्नुहुन्छ । म चाँडो प्रक्रिया अघि बढाउन भन्छु, उहाँ थप अध्ययन गर्दै छु भन्नुहुन्छ ।’

तर, सचिव न्यौपाने भने ब्रुमर खरिदको फाइल नरोकिएको दाबी गर्छन् । उनले भने, ‘फाइल अघि बढिसकेको छ । यो मात्रै होइन, महानगरपालिकाका कुनै पनि फाइल मेरो टेबुलमा रोकिएका छैनन् ।’ मेयर शाक्यले झन्झटिलो खरिद प्रक्रियाका कारणले जनअपेक्षाअनुसारको काम गर्न नसकेको बताए । ‘हामीले निर्वाचनको समयमा धुलो धुँवामुक्त काठमाडौं बनाउने घोषणा गर्यौँ । त्यही घोषणाअनुरूप पाँच ब्रुमर खरिद गर्यौँ । थप दुई ब्रुमर किन्ने निर्णय पनि गर्‍यौँ, तर लामो प्रक्रियाले समस्या भयो,’ उनले थपे, ‘आफैँमा लामो खरिद प्रक्रिया र कर्मचारीको ढिलासुस्तीका कारणले पनि कतिपय काम समयमा हुन सकेका छैनन् ।’

सातमध्ये दुई ब्रुमर सञ्चालनमै आएनन्
काठमाडौंका सडकको धुलो बडार्न महानगरले यसअघि करिब ११ करोडमा पाँच इटालियन ब्रुमर खरिद गरिसकेको छ । पाँच ब्रुमरले सबै रूट बडार्न पर्याप्त नभएको भन्दै थप ब्रमुर किन्ने निर्णय कार्यपालिका बैठकले गरेको थियो । इटालियन कम्पनीबाटै दुई ब्रुमर खरिद गरिने महानगरले जनाएको छ । अहिले महानगरसँग आफैँले खरिद गरेका पाँच र चीनको छेन्दु नगरले दिएका दुई गरी सात ब्रुमर छन् । छेन्दु नगरले महानगरलाई गत १ असारमा दुई ब्रुमर हस्तान्तरण गरेको थियो । छेन्दुले दिएका ब्रुमर कानुनी प्रक्रिया र चालक अभावमा महानगरले अहिलेसम्म सञ्चालन गरेको छैन ।

ब्रुमर चलाउन वर्षा बाधक
अहिले महानगरका ब्रुमर फाट्टफुट्ट मात्र सञ्चालन भइरहेका छन् । वर्षात्को समय भएका कारण ब्रुमर पूर्ण रूपमा सञ्चालन नभएको महानगरपालिकाले जनाएको छ । ‘पानी पर्ने समय भएका कारण नियमित सञ्चालन नभएको हो । तर, पानी नपरेको वेला भने चलिरहेका छन्,’ महागरका प्रवक्ता ईश्वरमान डंगोलले भने ।

दुईवटा ब्रुमर किन्ने फाइल दुई महिनायता सचिवको टेबुलमा अड्किएको छ । म चाँडो प्रक्रिया अघि बढाउन भन्छु, उहाँ थप अध्ययन गर्दै छु भन्नुहुन्छ । कानुनी अड्चनका कारण कतिपय काम समयमा सकिएको छैन । – विद्यासुन्दर शाक्य मेयर, काठमाडौं महानगर

मेरो कारणले कुनै पनि फाइल अड्किएको छैन । ब्रुमरको फाइल पनि अघि बढिसकेको छ । ब्रुमरको मात्रै होइन, महानगरपालिकाका कुनै पनि फाइल मेरो टेबुलमा रोकिएका छैनन् । – केदार न्यौपाने सचिव, काठमाडौं महानगर , नयाँ पत्रिका दैनिकबाट