२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीका कारण इराकमा १२ को मृत्यु



अ+ अ-

बग्दाद, इराक । अत्यधिक बर्षापछि आएको बाढीका कारण इराकमा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

देशको इर्बिल प्रान्तका गभर्नर ओमेड खोश्नावले आइतबार दिएको जानकारीअनुसार कम्तीमा १५ क्षेत्रमा बाढीको प्रभाव परेको छ । बाढीले दुई हजार ५०९ घरमा क्षति पुगेको छ भने ८७६ घर नष्ट भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

बाढीका कारण दुई करोडभन्दा बढीको भौतिक संरचनामा क्षति पुगेको समाचारमा जनाइएको छ । त्यसैगरी खेतियोग्य जमिन, सडक, ढललगायतमा पनि क्षति पुगेको र सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् ।

गत बिहीबार र शुक्रबार देशको इर्बिलसहितको कुर्दिश क्षेत्रमा भारी बर्षा भएको थियो । घटनास्थल राजधानी बग्दाददेखि ३७५ किलोमिटर टाढा पर्दछ । (रासस/सिन्ह्वा)