२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

युपीका जेलहरुमा स्थानान्तरण गरिए कश्मिरी



अ+ अ-

काठमाडौं । गत अगस्ट ५ मा जम्मु–कश्मीर राज्यको स्वायत्तताको खारेजीसँगै भारत सरकारले कश्मिरी अभियानकर्ता, स्थानीय नेता, व्यापारी तथा युवाविद्यार्थीसहित हजारौं मानिसलाई गिरफ्तार गरी उत्तर प्रदेशका विभिन्न जेलहरुमा स्थानान्तरण गरेको छ । सुरुमा कश्मिरी जेलमा राखिएका यी सबैलाई सुरक्षाको हवालादिंदै रातारात उत्तर प्रदेशका जेलहरुमा सारिएको थियो ।

भारतीय संविधानको धारा ३७० को खारेजीसँगै संकटकाल घोषणासहित घरघरमा भारतीय सेना पसी छापामारेर गिरफ्तार गरिएका कश्मिरीहरु हाल आफ्ना परिवारसँगको पहुँचभन्दा हजारौं किलोमिटर टाढा बन्दीगृहमा राखिएका छन् ।

हिमाली हावाको स्पर्शसँगै हुर्किएका कश्मिरीहरु उत्तर प्रदेशको आगरास्थित केन्द्रीय कारागार लगायतका अति गर्मी र आद्र्र ठाउँका बन्दीगृहमा निकै कष्टकर जीवन बिताइरहेका छन् । कश्मीरको औसत तापक्रमको तुलनामा आगरामा तापक्रम डबल नै हुन्छ ।

घरैबाट गिरफ्तार गरी बेपत्ता पारिएको हप्तौंपछि पाएको सूचनाका आधारमा अभिभावकहरु युपीका विभिन्न जेलहरुमा आफन्तको खोजीमा दौडधूप गरिरहेका छन् । जेलमा केही मिनेट मात्र भेट हुन र कुराकानी गर्न पाएपछि अल्लाहलाई धन्यवाद दिंदै बूढा बाबाआमा घर फर्कने गरेका छन् ।

अरु कतिपय त आफन्तका खोजीमा अझैं भौतारिइरहेका छन् । भारत सरकारले गिरफ्तार गरिएकाहरुको स्थिति अझैं सार्वजनिक गरिसकेको छैन । कश्मिरी नागरिक आफ्नै भूमिमा संकटकाल बेहोरिरहेका छन् भने गिरफ्तार गरिएकाहरु अझै बेपत्ताको अवस्थामा छन् ।
भारतीय जनता पार्टी नेतृत्वको सरकारले कश्मीरको विशेष संवैधानिक अधिकार हनन् गर्नुपूर्व कश्मिर क्षेत्रलाई पूरै सैनिक तथा प्राविधिक लगायत आपूर्तिका हिसावले घेराबन्दी गरेको थियो । मोबाइल फोन, सामाजिक सञ्जाल, ल्याण्ड लाइन, इन्टरनेटलगायतका सूचनाप्रविधि ठप्प पारिएका थिए ।