२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सिंहदरबार’ गाउँमा, जनता सहरमा



अ+ अ-

गुल्मी । गाउँगाउँमा अधिकार सम्पन्न ‘सिंहदरबार’ पुगेको छ। जिल्लाको बजेट अर्बभन्दा बढी छ। थानीय तहका जनप्रतिनिधि विकास निर्माणमा कम्मर कसेर लागेको बताउँछन्। विद्यालय, स्वास्थ्य चौकी, प्रहरी चौकीमा जनताको पहुँच पुग्दै छ भने भौतिक पूर्वाधार धमाधम निर्माण हुन थालेको छ। तर गाउँलेले गाउँमा भविष्य देखेका छैनन्। बसाइँ सर्ने क्रम तीव्र छ।

वैशाख ४ गते ऐरावती गाउँपालिका–६ सेगीथुम प्यूठानकी वसन्ता खनाल गाउँ छाडेर मधेस झरिन्। उनका दाजुभाइ कोही लमही र कोही कपिलवस्तुमा छन्। उनी अहिले कपिलवस्तुको कोपामा भाडामा बस्छिन्। उनले भनिन्, ‘गाउँमा बँदेलले खेतीपाती भित्र्याउनै दिँदैन। सोचेजस्तो विकास पनि भएन।

उनी सासूआमा र तीन छोराछोरीसहित मधेस झरेकी हुन्। पति भारतमा छन्। ३७ वर्षीया खनाल भन्छिन्, ‘परिआउँदा गाउँमा दाजुभाइ पनि छैनन्। बाध्यताले छाड्नुपर्यो।’ सोही वडाबाट २० घरधुरीका ७७ जनाले गाउँ छाडेको वडाध्यक्ष चन्द्रबहादुर रानाले बताए। गाउँमा खानेपानीको सुविधा पुर्याउन थालिएको उनी बताउँछन्। ‘विकासले बिस्तारै लिँदै छ’, उनी भन्छन्, ‘धेरै व्यक्तिमा पैसा कमाउनेबित्तिकै सहर जानुपर्छ भन्ने धारणा छ।’

ऐरावती गाउँपालिकाबाट २०७५ सालमा ६९ घरधुरीका २ सय ३९ जना बसाइँ सरेका छन्। नौबहिनी गाउँपालिकामा बसाइँ सरेर आउनेको संख्या शून्य छ भने अन्यत्र जाने ११ घरधुरी छन्।प्यूठानबासीको बसाइँ सरेर जाने प्रमुख गन्तव्य बुटवल, लमही, घोराही र तुलसीपुर हो। कपिलवस्तुको चन्द्रौटा, गोरुसिंगे, काठमाडौं, नवलपरासी, नेपालगन्ज र बर्दियामा समेत जिल्लाबासी बसाइँ सरिरहेका छन्।

जिल्लामा बर्सेनि एक अर्ब बजेट भित्रिन्छ। गाउँमा विकासको पूर्वाधारले गति लिँदै छ। तर जनताको मन जित्न सकेको छैन। विदेशमा पौरख गरेर कमाएको पैसाले सहरमा घरघडेरी जोड्नेको संख्या बढ्दो छ। गुल्मीको दुर्गम क्षेत्र मदाने गाउँपालिकाबाट गत वर्ष १ सय ६९ जना घरपरिवारले गाउँ छाडे। धेरैजसो बुटवल र काठमाडौं गएका छन्। सन्तानको पढाइ र रोजगारीका लागि भन्दै गाउँ छाड्नेको लर्को लागेको छ।

जनप्रतिनिधि गाउँमा विकासको लहर चलिरहेको दाबी गर्छन्। जिल्लामा बर्सेनि एक अर्ब बजेट भित्रिएको तथ्यांक छ। तर, यसले जनताको मन जित्न सकेको छैन। स्थानीय तहले नयाँनयाँ योजनाअनुरूप काम गरेको प्रतिवेदन प्रस्तुत गरिरहेका छन्। घरदैलोमा पुगेको सडकले जीवनशैलीमा फरकपन ल्याएको छैन। विपन्नको छानोमा जस्ता दिएर ओत बनाइदिएका स्थानीय तहलाई घरनै खाली हुनेमा चिन्ता छ।

गुल्मीबाट गत वर्ष ९ सय ८४ घरधुरीका १ हजार ९ सय १० जनाले जिल्ला छाडेका छन्। चन्द्रकोट गाउँपालिकाबाट १ सय ३७ घरधुरीले गाउँ छाडे। गाउँबाट बसाइँ सरेर जानेसँग वडाले प्रतिपरिवार ६ हजार रुपैयाँ शुल्क लिने गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले बताए। कालीगण्डकी गाउँपालिकामा बसाइँ सरी आउनेको संख्या शून्य छ। बाहिरिने ७२ परिवार रहेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताए।

पाल्पा–तमघास सडक खण्डमा पर्ने रुरु गाउँपालिकामा बसाइँ सरेर आउने १३ परिवारका ५१ सदस्य छन्। सोही गाउँपालिकाबाट बाहिरी जिल्ला जानेमा ६४ परिवारका २ सय १५ जना रहेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरी बताउँछन्। विकासको गति लिँदै गरेका धेरैजसो गाउँ रित्तिन थालेका छन्। विदेशमा कमाएको धनले सहरमा घरजग्गा जोड्ने बढेको मदाने गाउँपालिका–६ का अध्यक्ष तोकम कुँवरले बताए। समाचार अन्नपुर्ण पोष्ट दैनिकबाट