२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ प्रधानमन्त्रीको तीन दिने रुस भ्रमण सम्पन्न



अ+ अ-

रुस । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले रुसको तीनदिने औपचारिक भ्रमण गर्नुभएको छ ।
उहाँको तीन दिने रुस भ्रमण बुधबार सम्पन्न भएको हो । त्यस भ्रमणका क्रममा द्विपक्षीय सहयोग र समझ्दारीका विषयहरुलाई थप मजबुत बनाउने विषयमा सहमति भएको थियो ।

सो भेटका क्रममा उहाँले रुसी प्रधानमन्त्री दिमीत्री मेदभेदेभसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसैगरी उहाँले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिष्टाचार भेटगरी दुई देशको आपसी हितका विषयमा वार्ता गर्नुभएको थियो ।

चीन र रुसबीच सत्तरी वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यस यता यी दुई देशबीचको सम्बन्ध सदा सुमधुर रही आएको भन्दै आगामी दिनमा पनि आपसी सहयोग, समन्वय र साझेदारिताका माध्यमबाट अघि बढ्ने सहमति त्यस भ्रमणका अवसरमा भएको जानकारी चिनियाँ प्रधानमन्त्री खछ्याङले जानकारी दिनुभयो ।

दुई प्रधानमन्त्रीबीच सेन्ट पिटस्बर्गमा भएको वार्तामा लगानी र व्यापारका माध्यमबाट पनि दुई देश के कसरी अघि बढ्न सक्छन् भन्ने बारेमा छलफल भएको प्रधानमन्त्री खछ्याङ्ले जानकारी दिनुभयो । गएको करिब नौ वर्षदेखि चीन रुसको एक प्रमुख व्यापारिक साझेदार राष्ट्रका रुपमा रही आएको छ । यस वर्षको सुरुका आठ महिनामा यी दुई देशबीच ७० अर्ब अमेरिकी डलरभन्दा बढीको व्यापार आदानप्रदान भएको बताइएको छ ।