२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्ष यात्राबाट पृथ्वीमा फर्किए जापानी अर्बपति



अ+ अ-

जापानी अर्बपति युसाकु माइजावा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा १२ दिन बिताएपछि सोमबार पृथ्वीमा फर्किएको रुसी अन्तरिक्ष एजेन्सी रोस्कोसमोसले जनाएको छ । माइजावा एक फेसन टाइकुन हुन् जसले आफ्नो अनलाइन फेसन व्यवसाय जोजोलाई २०१९ मा सफ्टबैंकलाई बेचेका थिए। फोर्ब्सले उनको सम्पत्ति एक अर्ब ९० करोड अमेरिकी डलर रहेको अनुमान गरेको छ ।

यात्रा कस्तो रह्यो ?

माइजावाले आफ्ना सहायक तथा चलचित्र निर्माता योजो हिरानो र रुसी अन्तरिक्ष यात्री अलेक्जेण्डर मिसुरकिनका साथमा ग्रिनविच मिन टाइमअनुसार ०३१३ को योजनाबद्ध समयमा कजाकिस्तानको मैदानमा प्यारासुट गरेका थिए । 

अवतरणस्थल मध्य कजाकिस्तानको चेकाग्जानको १५० किलोमिटर दक्षिणपूर्वमा अवस्थित थियो । यहाँ वर्षा र उप–शून्य तापक्रम थियो । माइजावाले रुसी ‘सोयुज’ अन्तरिक्ष यानमा यो यात्रा गरेका हुन् । यो यात्रासँगै एक दशकभन्दा बढी अवधिमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको यात्रा गर्ने उनी पहिलो अन्तरिक्ष यात्री बनेका छन् ।

यी उद्यमीले आफ्नो यात्राबाट सामाजिक सञ्जालमा कयौँ प्रकारका पोस्ट गरेका छन् जसमा चिबाको आफ्नो गृह प्रान्तको स्थानका तस्बिरहरु र शून्य गुरुत्वाकर्षणमा चिया बनाउने तरिका तथा ताजा अन्डरवेयरको कमीबारे चर्चा गरिएका भिडियो समावेश छन् ।

यात्राबारे माइजावाको भनाइ 

आर्बिटिङ स्पेस स्टेसनबाट एक लाइभ अन्तरवार्तामा माइजावाले भनेका छन्, “एक पटक तपाईं अन्तरिक्षमा पुगेपछि यो अद्भुत अनुभव प्राप्त गरेर यसको मूल्य कति छ भन्ने महसुस गर्नुहुनेछ ।”

उनले यात्राका लागि ८ करोड अमेरिकी डलरभन्दा बढी तिरेका थिए भन्ने दावीका बारेमा सोधिएको प्रश्नमा उनले भने, “म सही राशि खुलाउन सक्तिन, तर ‘धेरै पैसा’ तिरेको थिएँ ।”

माइजावाले हाल सन् २०२३ मा चन्द्रमाको यात्रामा आफूसँग सामेल हुन आठ व्यक्तिको खोजी गरिरहेका छन् । यसका लागि आवदेकहरुले चिकित्सा परीक्षण र अन्तरवार्ता पास गर्न आवश्यक छ । 




भर्खरै