२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लागुऔषधका ५५४ कारोवारी पक्राउ



अ+ अ-

भद्रपुर । विगत तीन वर्षमा झापामा लागुऔषधको ओसारपसारविरुद्ध प्रहरी कारवाहीमा ५५४ पक्राउ परेका छन् । भारतसँगको खुला सीमा र लागुपदार्थ प्रयोगकर्ताको फैलँदो सङ्ख्याका कारण यसको नियन्त्रण झापामा चुनौतीपूर्ण बन्दै गएको छ ।

जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आव २०७३/७४ मा १६५, आव २०७४/७५ मा १८९ र आव २०७५/७६ मा २०० लागुऔषधको कारोवार गरेको अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेका ५५४ मध्ये २४ विदेशी नागरिक थिए । तीन वर्षमा लागुऔषधसम्बन्धी ३५४ मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश मैनालीले लागुऔषध नियन्त्रणका लागि विशेष अभियान चलाइएको जनाउँदै आव २०७५/७६ मा प्रहरीले १९ किलो चरेस, दुई किलो गाँजा र ७६८ ग्राम ब्राउन सुगर बरामद गरेको जानकारी दिए । सीमावर्ती काँकरभिट्टा, भद्रपुर, गौरीगञ्ज र टाघनडुब्बा क्षेत्रमा प्रहरीले भारतीय सीमापारिबाट हुनसक्ने लागुऔषधको कारोवारलाई सुक्ष्म निगरानी राख्न थालेपछि हाल कारोवारी धमाधम पक्राउ पर्न थालेका प्रहरी उपरीक्षक मैनाली बताउछन् ।

प्रहरीले विद्यालयमा पुगी लागुऔषधबाट बच्न विद्यार्थीलाई आग्रह गर्दै सचेतना कक्षा सञ्चालन गरिरहेको छ । विभिन्न विद्यालयमा प्रदेश सरकारको अभियानअन्तर्गत सगरमाथा टिन्स क्लब गठन कार्यसमेत तीव्ररूपमा अघि बढाइएको छ ।

अभियानले पनि लागुऔषधलाई निरुत्साहित गर्ने बताइएको छ । “विगतमा सामान बरामद हुने तर अभियुक्त पक्राउ नपर्ने गरेको देखिएको छ”, प्रहरी उपरीक्षक मैनालीले भने, “यसपटक हामीले सामान बरामदसँगै अभियुक्तलाई फुत्किन नदिने अभियान चलाएका छौँ ।”