२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मु कश्मीरका गाउँमा सुरक्षा दललाई सैन्य तालिम



अ+ अ-

नौशेरा । भारतीय सेनाले जम्मु काश्मिरको नौशेर क्षेत्रको गाउँ सुरक्षा दललाई शनिबार सैन्य तालिम दिएको छ ।

स्वयमसेवकको रुपमा काम गर्नेगरी उनीहरुलाई तालिम दिइएको सैन्य अधिकारीहरुले जानकारी दिएका छन् ।

“नौशेरा क्षेत्रमा हतियारको प्रयोग र गुप्तचरी कार्यका लागि सीप विकास गर्ने उद्देश्यले गाउँ सुरक्षा दल तालिम आयोजना गरिएको थियो,” भारतीय सेनाका एक अधिकारीले भने ।

सुरक्षा दलका सदस्यहरुलाई गोली प्रहार गर्न र औषधीको प्रयोगका सम्बन्धमा पनि प्रशिक्षण दिइएको ती अधिकारीले बताए ।

सुरक्षा दलमा स्थानीय गाउँलेहरु सहभागी भएका छन् । आफ्नै गाउँको सुरक्षा आफैँ गर्ने गरी उनीहरुलाई दलमा आबद्ध गराइएको हो ।

त्यसैगरी दुर्गम क्षेत्रमा पनि सुरक्षा अवस्था सुधार गर्नका लागि सुरक्षा दलबाट सहयोग हुने अपेक्षा गरिएको सैन्य अधिकारीहरुले बताएका छन् ।

आतङ्कवादी गतिविधिहरु नियन्त्रण गर्ने रणनीति अन्तर्गत नै गाउँ सुरक्षा दल गठन गरिएको र उनीहरुलाई तालिम दिइएको उनीहरुको भनाई छ ।