९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल प्रहरीलाई मिल्यो यस्तो सफलता, पत्रकार सम्मेलन मार्फत आज सार्वजनिक गर्ने



अ+ अ-

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रतिबन्धित लागुऔषध चरेस पाँच किलोसहित तीन जना भारतीय नागरिक तथा साढे १२ किलो गाँजासहित दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ परेका पाँचै जनालाई प्रहरीले आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । प्रहरीले शनिबार दिउँसो हेटौँडा, रातोमाटे चेकपोष्टबाट बी.आर.०१पीएफ ७९९८ नंको भारतीय कारमा अगाडिपट्टिको एसीमा फल्स बटम बनाई चार किलो ९०० ग्राम चरेस लुकाई हेटौँडातर्फ ल्याउँदै गर्दा उक्त परिमाणको चरेससहित तीन जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । पक्राउ पर्नेमा भारत विहारका २८ वर्षीय शिवराज सिंह, सोही ठाउँका २४ वर्षीय ज्ञानीकुमार पासवान र अर्का सोही ठाउँका २४ वर्षीय राजु महतो रहेका छन् ।

त्यस्तै प्रहरीले अवैध लागुऔषध गाँजासहित पक्राउ परेका दुई जनालाई पनि आजै सार्वजनिक गरेको छ । प्रहरीले कैलाश गाउँपालिका–८ का २६ वर्षीय राजकुमार थिङ र सोही ठाउँका २१ वर्षीय दीपेश थिङलाई १२ किलो ४०० ग्राम गाँजासहित पक्राउ गरेका जनाएको छ । राक्सिराङ गाउँपालिकाको कालिका दोभानस्थित बाटोमा हिँडिरहेका उनीहरुले बोकेको झोला प्रहरीलाई शङ्का लागी खानतलासी गर्दा गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँचै जनालाई लागुऔषध कारोवार तथा ओसारपसारमा संलग्न रहेको आधारमा कानूनी कार्वाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।