९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसपीसहित १८ सय प्रहरी कारबाहीमा



अ+ अ-

काठमाडौं । एक वर्षमा नेपाल प्रहरीमा कार्यरत जवानदेखि अधिकृतसम्मका १८ सय जना कारबाहीमा परेका छन् । आर्थिक बर्ष ०७५/७६ मा १८ सय कार्यरत जवानदेखि अधिकृतसम्मलाइृ कारबाही गरिएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार २ सय ४९ जनालाई भविष्यमा सरकारी सेवाका जागिर खान नपाउने गरी नोकरीबाट हटाइएको छ भने ७ जनालाई बर्खास्त गरिएको छ । प्रहरीका अनुसार बर्खास्त गरिएका भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिन्छन् ।

नोकरीबाट हटाइएका अधिकृतमा कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी डिल्लीराज विष्टलाई सेवाबाट हटाइएको थियो । सोही अवधिमा दुई जना प्रहरी निरीक्षकको पनि जागिर गएको छ भने ५ जना प्रहरी नायब निरीक्षक, ११ जना प्रहरी सहायक निरीक्षक, २४ जना प्रहरी हवल्दार र १ सय ९५ जना प्रहरी जवान सेवाबाट हटाइएका छन् । प्रहरी महानिरीक्षकको सचिवालयका अनुसार यो अवधिमा ११ जना प्रकास पनि कारबाहीमा परेका छन् । प्रकास प्रहरी जवानपछिको पद हो ।

बर्खास्तीमा पर्नेमा एक जना प्रहरी सहायक निरीक्षक, दुई/दुई जना प्रहरी हवल्दार र जवानसहित ११ जना प्रकाश छन् ।

यो अवधिमा प्रहरी प्रधान कार्यालयले १ हजार ५ सय ४४ जनालाई विभागीय कारबाही गरेको छ । विभागीय कारबाही भोग्नेमा सबैभन्दा बढी प्रहरी जवान ९ सय ८६ जना छन् । प्रहरी हवल्दारतर्फ ३ सय ३३ जना विभागीय कारबाहीमा परेका छन् भने दुई जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)ले पनि कारबाही पाएका छन् ।

विभागीय कारबाही पाउनेमा दुईरदुई जना एसपी र डीएसपी (प्रहरी नायब उपरीक्षक) छन् । विभागीय कारबाहीमा नसिहत दिने, पद घटुवा, सेवा अवधिको कम गणना, पदोन्नति रोक्का, अभिलेखमा प्रतिकूल राय राख्ने, ग्रेड घटुवा, ग्रेड रोक्का, निलम्बनलगायत पर्छ ।

प्रहरी प्रधान कार्यालयका अधिकृतहरु गलत कार्य गर्नेविरुद्ध निर्मम रुपमा प्रस्तुत हुने संगठनले नीति लिएर कारबाही संख्या बढेको दाबी गर्छन् ।