९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

चौसठ्ठी खसीबोका नियन्त्रणमा



अ+ अ-

कोहलपुर । वडादशैँ र तिहार नजिकिएसँगै बाँके जिल्लामा विभिन्न नाकाहरुबाट प्रशासनको आँखा छलेर अवैध धन्दा गर्ने समूह सक्रियरूपमा लागिपरेका छन् । बाँकेको इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले अवैधरूपमा नेपाल भित्र्ययाइएका ठूलो मात्रामा खसीबोका नियन्त्रणमा लिएको छ ।

बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडीमा पूर्वतर्फ जाँदै गरेको ना७ख ८९९८ नंको ट्रकमा राखिएका ६४ खसीबोका प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार नियमित जाँचका क्रममा ६४ खसीबोका नियन्त्रणमा लिइएको खसीको मूल्य रु पाँच लाख बराबरको रहेको बताए ।

नियन्त्रणमा लिइएको खसी तथा ट्रक चालक कृष्णप्रसाद पराजुलीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जानकारी दिए । यसरी अवैधरुपमा नेपाल ल्याइएको खसीबोका प्रहरीले दैनिकजसो नियन्त्रणमा लिने गरेको छ ।

करीब दुई साताअघि भारतबाट तस्करी गरेर ल्याउँदै गरेका रु तीन लाख २० हजार मूल्यका ३९ खसीबोका राप्तीसोनारी गाउँपालिका–४ बैजापुरबाट नियन्त्रणमा लिएको थियो ।