९ असार २०८३, मंगलवार
,
Latest
हामी हरेक धक्काबाट उठेका छौँ, फेरि उठ्छौँ : महासचिव पोखरेल रास्वपा महाधिवेशनः आजैबाट निर्वाचन प्रक्रिया सुरु हुने महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा अनिश्चित



अ+ अ-

भक्तपुर । गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडे । विसं २०६३ देखि रोकिएर यो जात्राले गत वर्ष पुनर्जीवन पाएपछि अब हरेक वर्ष निरन्तर जात्रा सञ्चालन होला भन्ने आशा यस वर्ष फेरि मर्यो । जिब्रो छेड्ने व्यक्ति तयार नभएपछि यस वर्ष फेरि यो जात्रा रोकिएको छ ।

जिब्रो छेडाउने व्यक्ति मध्यपुरथिमिका श्रेष्ठ थरकै हुनुपर्ने प्रचलनअनुसार चेंया पुन्हिया मेय प्वाः खनेगु जात्रा व्यव्स्थापन समितिको संयोजनमा जात्रा मनाए पनि समितिले समेत यस वर्ष अर्को व्यक्ति तयार गर्न नसक्दा जात्रा रोकिएको हो । २५ वर्षअघिदेखि बन्द भएर लोप हुने अवस्थामा पुगेको यो जात्रा कृष्ण नानीचा श्रेष्ठले विसं २०५२, २०५७ र २०६३ मा गरी १० वर्षमा तीनपल्ट जिब्रो छेडेका थिए ।

त्यसपछि गत वर्ष स्थानीय युवाले समिति नै बनाएर जात्रा जोगाउने अभियान सञ्चालन गरेपछि विसं २०७४ मा बालकुमारीका २९ वर्षीय वीरेन्द्रभक्त गजु श्रेष्ठले र विसं २०७५ मा थिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो छेडेर जात्रा सञ्चालन गरेका थिए ।

मध्यपुरथिमि नगरपालिकाको रु तीन लाख ५० हजार सहयोग र नपुग रकम स्थानीयवासी चन्दादाताबाट सङ्कलन गरी गत वर्ष सञ्चालन भएको यो जात्रा यस वर्षबाट भने फेरि अनिश्चित बनेको छ ।