९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौँ : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल नहुने बताएका छन् । नेकपा इलामको प्रकाशन तथा प्रचार विभागद्वारा शनिबार इलाममा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको प्रस्ट विदेश नीति रहेको बताए । ‘चाहे त्यो बिमस्टेकको सन्दर्भको सैन्य गठबन्धन होस्, चाहे इन्डोप्यासेफिक फन्डअन्तर्गत हुने सैन्य गठवन्धनमा हामी संलग्न हुँदैनौँ, हुन सक्दैनौँ ।

असंलग्न स्वतन्त्र विदेश नीति नै नेपालको विदेश नीतिको आधार हो, मान्यता हो सिद्धान्त हो,’ प्रचण्डले भने, ‘त्यसबाट नेपाल कहीँ कतै विचलित छैन र विचलित हुँदैन ।’ चिनियाँ विदेशमन्त्रीलाई रणनीतिक उद्देश्यसहितको नेपालको राष्ट्रिय हितलाई असर पार्ने काममा संलग्न नहुने आफूले बताएको प्रचण्डको भनाई थियो । ‘इन्डोप्यासेफिक सैन्य रणनीति आएमा हाम्रो कहीँ कतै संलग्नता हुँदैन । चीनविरोधी गतिविधि हाम्रा लागि सह्य छैन भन्ने कुरा भनिएको हो ।’

आफ्नो टिप्पणीलाई लिएर अमेरिकाले सरकारको धारणा माग नगरेको प्रचण्डले बताए । ‘चीनबाट आधिकारिक स्टेटमेन्ट आएको होइन, एजेन्सीको न्युजमा आएको हो,’ उनले थपे, ‘अमेरिकाले सरकारको धारणा मागेको कुरा सत्य होइन । सरकारलाई चिठी आएको पनि छैन, के हो भनेर सोधिएको पनि छैन ।’

‘सबै बर्बाद हुन लाग्यो भनेर प्रचार गर्नु उचित होइन’ प्रचण्डले सरकारको कामले नेपालको स्टाटस माथि उठेको बताए । ‘छिमेकीसँग जे सम्झौता भएको छ, त्यसले नेपालको स्टाटसलाई माथि उठाएको छ,’ उनले थपे, ‘हामी ल्यान्ड लक हुने ठाउँबाट ल्यान्ड लिंक कन्ट्री हुने ठाउँमा आइपुगेका छौ ।’ आर्थिक विकासको गति पनि उत्साहजनक भएको भन्दै प्रचण्डले ‘सवै बर्बाद हुन लाग्यो’ भनेर गरिएको प्रचार जायज नभएको बताए । , समाचार कारोबार दैनिकमा प्रकाशित छ । , समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।