९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विमान ढिलाे भएपछि मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा गालीगलौज



अ+ अ-

बाँकेः मन्त्रीका कारण विमान उडानमा ढिलाइ भएपछि अाक्राेसित केही युवाले विमानभित्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि नेपालगञ्ज विमानस्थलमा गालीगलौज गरेका छन् । मन्त्रीलाई गाली गरेको भिडियो सामाजिक सञ्जालमा राखिएकाे छ ।

सूचनाकाे हकका अभियन्ता ज्ञानेन्द्र शाहीको टोलीले बुद्ध एयरको विमानभित्र मन्त्री भट्टराईलाई गालीगलाैज गरेकाे भिडियो खिचेर युट्युबमा राखेकाे थियाे । काठमाडौं आउने विमानलाई मन्त्रीले एक घण्टासम्म कुराएर यात्रुलाई सास्ती दिएको शाहीको टोलीकाे अाराेप छ ।

हामी तपाईलाई सम्मान गर्छौं भन्दै मन्त्रीलाई थर्काएपछि शाहीले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो । मन्त्री योगेश भट्टराईले आज नेपालगञ्ज एअरपोर्टमा १ घन्टा प्लेन कुराएपछि हामी नागरिकले रामधुलाई गरियो । विचरा मन्त्रीज्यु मुसो लुकेजसरी लुक्नु भो । अब नागरिक सचेत भैसके । अरिङगालका दिनगन्ती सुरु ।’

पर्यटन मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उदघाटन गर्न धनगढी हुँदै बाँके पुगेका थिए । कार्यक्रम सकेपछि शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरमा काठमाडौं फर्किएका छन् ।

कार्यक्रम सकेर नेपालगञ्ज विमानस्थलमा आइपुग्दा विमान छुट्ने समय केही ढिलो भएको थियो । तर, एक घण्टासम्म नभई १५ मिनेटमात्र ढीलो भएको मन्त्री भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईको दाबी छ ।

‘त्यहाँ ज्ञानेन्द्र शाही र उनका सहयोगीहरु भिडियो खिच्न तयार भएर बसेका रहेछन्, हामीलाई किन कुराएको भन्दै मन्त्रीज्युलाई गालीगलौज गरे,’ गुरागाईले भने, ‘मन्त्रीज्यूले त्यहाँ कुनै प्रतिक्रिया नदिई मौन बस्नुभयो ।

विमानभित्र मन्त्री भट्टराईमाथि के भनिएकाे थियाे ?

‘तपाईले हाम्रो प्लेन किन रोकेको ? एक घण्टासम्म प्लेन रोक्ने ? तपाई कहाँ हुनुहुन्थ्यो ? मोजमस्तीमा हुनुहुन्थ्यो कि केमा हुनुहुन्थ्यो ? ख्याल राख्नुपर्दैन टाइमको ? संविधान तपाईले बनाएको, संविधानको कुन सेक्सनमा लेख्या छ मन्त्रीले प्लेन रोक्ने भनेर ? कहिले प्रधानमन्त्री आउने प्लेन २ घण्टा जान गर्दिने, यसको जवाफ दिनोस् । हामी रेक्सपेक्ट गर्छौं, तर यो तरिका भएन मन्त्रीज्यू, बुद्धिमा अलिकति बिर्को आओस् ।.. पञ्चायतमा यस्तो हुँदैनथ्यो । संस्केति मन्त्री हुनुहुन्छ, संस्कारै छैन । हामीले जवाफ माग्यौं, मन्त्रीज्यूले जवाफ दिनुभएन, हामी फेरि पनि सोसियल मिडियामार्फत् जवाफ खोज्नेछौं, तर हामी छोड्दैनौं ।’

मन्त्री भट्टराईले मागे क्षमा

मन्त्री भट्टराईले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै आफू विमानस्थलमा आइपुग्न १५ मिनेट ढिलो भएको बताउँदै यसबाट यात्रुमा पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् ।

मन्त्री भट्टराइले के भने ?

आज कैलाली जिल्लाको टिकापुरमा आयोजना भएको डलफीन महोत्सबको कार्यक्रम सकेर बुद्ध एयरको धनगढीको अन्तिम उडानबाट काठमान्डौ र्फकने मेरो योजना रहेको थियो । तर, कार्यक्रम ढिला भएका कारण बुद्ध एयरसँग अनुरोध गरेर नेपालगञ्जको अन्तिम उडानबाट काठमाडौं र्फकने क्रममा केही ढिला हुन गएको सत्य हो ।

सबै यात्रुको बोर्डिङ भएको करिब १५ मिनेटमा हाम्रो टिमको बोर्डिङ भएको हो । भोलि प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जवाफ दिने कार्यक्रम रहेका कारण काठमाडाैं फर्कनै पर्ने दबावमा म थिएँ । नेपालगञ्ज विमानस्थलमा ३/४ जना व्यक्तिहरु आक्रामक शैलीमा मेराविरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका विरुद्ध सात लाख हस्ताक्षर दरबारमा बुझाएर तैंले हामीलाई कति दुःख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने । त्यो सुनेपछि उनीहरुको नियत मैले बुझिहालें । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद व्यक्त गर्दछु ।’

मेरा कारणले यात्रुहरुमा पर्न गएको असुविधाप्रति भने क्षमाप्रार्थी छु ।