९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सपना सहकारीको २२ औँ साधारणसभा



अ+ अ-


काठमाडौँ । सपना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२ औँ साधारणसभा आज काठमाडौँमा सम्पन्न भएको छ ।
सो साधारणसभाको उद्घाटन सहकारी अभियन्ता एवम् संविधान सभाका सदस्य ओमदेवी मल्लले गरेकि थिइन् ।
उक्त साधारण सभामा अध्यक्ष प्रज्वल थान्जुले आर्थिक वर्ष २०७६÷७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।


उक्त सहकारीले वर्षेनी प्रदान गर्दै आएको रु १५ हजार राशीको सपना सहकारी छात्रवृत्ति न्युन आय भएको परिवारका बालक गौरीधारास्थित स्नो फिल्ड विद्यालयमा कक्षा ४ मा अध्ययनरत रियाज न्यौपानेलाई प्रदान गरिएको थियो ।
त्यस साधारण सभालाई सम्बोधन गर्दै ओमदेवी मल्लले नेपालको अर्थतन्त्रको तीन खम्बामध्ये एक सहकारी हो भन्दै नेपालमा सहकारी अभियानलाई गाउँ गाउँमा पुर्याउन आवश्यक रहेको बताइन् ।


उनले सहकारी ऐन र नियमावली संशोधनको कार्य अन्तिम चरणमा पुगेको जानकारी दिँदै विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा पनि सहकारीसम्बन्धी विषय राख्नुपर्नेमा जोड दिइन् ।
उक्त सभाको बन्द सत्रले लेखा सुपरीवेक्षण समितिका तर्फबाट लेखा समिति संयोजक चिरञ्जीवी घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो ।
उक्त सहकारीसँग करिब १६ करोड निक्षेप रहेको संस्थाका उपाध्यक्ष रामचन्द्र अर्यालले जानकारी दिए ।