९ असार २०८३, मंगलवार
,
Latest
महाधिवेशनमा सबैलाई प्रतिस्पर्धाको अवसर, विवेकका आधारमा नेतृत्व छान्न सभापति लामिछानेको आग्रह चितवनमा रास्वपाको बन्द सत्र सुरु नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योतिषीय विज्ञान सम्बन्धी ‘ज्योतिष चिन्तामणि’ पुस्तक बजारमा



अ+ अ-


कुश्मा । ज्योतिष विद्या अध्ययन तथा जीवनमा ज्योतिष विज्ञान र यसको अनुशासन अवलम्बन गर्न चाहनेहरुका लागि ‘ज्योतिष चिन्तामणि’ नामको पुस्तक प्रकाशन भएको छ । उक्त पुस्तक हालै पर्वतको कुश्मा बजारमा सार्वजनिक गरिएको हो ।


बाग्लुङ जिल्लाको अमलाचौरमा जन्मिएका ज्योतिषी सूर्य पौडेलद्धारा लिखित सो पुस्तक ‘ज्योतिष चिन्तामणि’ उनले केही बर्ष यतादेखि पर्वतको कुश्मामा रहेर अपनाएको ज्योतिष पेशा र यसबाट प्राप्त ज्ञान एवम् अनुभवमा आधारित छ ।


ज्योतिष विद्याको अध्ययनमा संलग्न विद्यार्थी एवम् शोधार्थी, यसलाई पेशाका रुपमा अपनाउने ज्योतिषीका साथै यस विद्याको अध्ययन गर्न चाहने सबै सर्वधारणका लागि यो पुस्तक उपयोगी छ ।


ज्योतिषी पौडेलले आफूले बाल्यकालदेखि पढेको, पढाएको र मानवीय जीवनमा घटेका घटनाको अनुभवको आधारमा सो पुस्तक लेखेका छन् । सानै उमेरमा उनको यस विद्याको ज्ञानका कारण उक्त पुस्तक थप पठनीय देखिन्छ ।

ज्योतिष क्षेत्रमा रुचि राख्ने साधरण जनदेखि ज्योतिषशास्त्रका विद्यार्थी अनि ज्योतिष विज्ञहरुलाई समेत उपयोगमा आओस भन्ने हेतुले वर्षौँ लगाएर सो पुस्तक लेखिएको ज्योतिषी पौडेलको भनाई छ ।

व्यवहारोपयोगी यस पुस्तकमा परमाणुदेखि युगौसम्मको समय ज्ञान, पञ्चाङ्ग परिचय, मुहूर्तसम्बन्धी सम्पूर्ण जानकारी, व्यवहारिक शरीरमा हुने विविध दृष्यात्मक तथा अदृष्यात्मक तत्वहरु, बच्चाको जन्मसँग जोडिन आउने सम्पूर्ण कुराहरु, देशान्तर, अक्षांश तथा अन्तर्राष्ट्रिय तिथिरेखा ज्ञान, सरल भाषामा राशि नक्षत्र परिचय लगायतका विषयमा विशेष जानकारी छ ।

त्यसैगरी राशिअनुसार शुभ र अशुभपक्ष ज्ञान, चन्द्रमासहित सबै ग्रहको ग्रहस्पष्ट, लग्नकुण्डली, चन्द्रकुण्डली, होराकुण्डली, द्रेष्काणकुण्डली, नवांशकुण्डली, द्वादशांशकुण्डली, त्रिशांशकुण्डली, सप्तमांशकुण्डली, चतुर्थांशकुण्डली निर्माण विधिसहित सबै कुण्डलीबाट फलादेश गरिने विषयहरु, कुण्डलीको १२ भावमा नवै ग्रहको फलादेश एवं शान्ति उपाय, रत्नधारण नियम, विवाहसम्बन्धी, सन्तानसम्बन्धी, जागिर तथा व्यापारसम्बन्धी, रोग तथा दुर्घटनासम्बन्धी सम्पूर्ण योगहरु लगायत सुखद विवाहका लागि वैवाहिक मेलापक रीति सरलीकृत भाषमा यस पुस्तकमा यथेष्ट रुपमा व्याख्या गरिएको छ ।

कुश्मा बजारमा गुरुकुल ट्युसनको रुपमा ज्योतिषशास्त्र पढाउने र व्यवशायीक ज्योतिषसम्बन्धी परामर्श केन्द्र समेत सञ्चालन गरिरहनुभएका ज्योतिषी पौडेलले ज्योतिषशास्त्र सिक्दै गरेका बालबालिकादेखि समाजमा स्थापित भइसकेका व्यवसायिक ज्योतिषीहरुलाई शास्त्रीय सिद्धान्तमा रही कुण्डलीहरु निर्माण गर्न, कुण्डलीहरु फलादेश गर्न, विवाहमा केटाकेटीको कुण्डली मिलान गर्न र अरु विविध विषयको ज्ञान आर्जन गर्न आवश्यक ज्ञान दिने उद्देश्य लिएर यस पुस्तकको रचना गरिएको जानकारी दिएका छन् ।

ज्योतिषीय सेवा र क्षेत्रका लागि अति उपयोगी यो पुस्तक ३१६ पृष्ठको र यसको मूल्य रु ३२५ रहेको छ । यो पुस्तक कुश्मा र बाग्लुङ बजारका अतिरिक्त काठमाडौँको गुरु पुस्तक विक्रेता भोटाहिटी र रत्न पुस्तक भण्डार, नारायणगढ, चितवन, पोखराका विभिन्न पुस्तक पसलहरु, स्यांजाको पुतलीबजार लगायत नेपालका प्रमुख सहरहरुमा पाइन्छ ।